१० ओटा कम्पनीको शेयर मूल्य सर्वाधिक वृद्धि, अधिकांश लघुवित्त कम्पनीको

चैत ८, काठमाडौं । साताको पहिलो दिन कारोबारमा आएका २०६ ओटा कम्पनी मध्ये १० ओटा कम्पनीको शेयर मूल्य सर्वाधिक वृद्धि भएको छ ।

१० ओटा कम्पनीमध्ये अधिकांश लघुवित्त कम्पनीहरु रहेका छन् । बजार बढेसँगै लगानीकर्ताको आकर्षण लघुवित्त कम्पनीहरुमा परेको हो । सोही कारण आइतवारको कारोबार दिनमा लघुवित्त कम्पनीहरुको परिसूचक ५ दशमलव ७ प्रतिशत वृद्धि भएको छ ।

सर्वाधिक शेयर मूल्य वृद्धि भएका १० ओटा कम्पनीहरुमध्ये आठ ओटा लघुवित्त कम्पनी, चन्द्रागिरी हिल्स र एउटा जलविद्युत् कम्पनी युनाइटेड इदि मर्दी हाइड्रोपावर कम्पनी रहेका छन् ।

ती कम्पनीहरुमध्ये तीन ओटा लघुवित्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ ।

आइतवारको कारोबार दिनमा मिथिला लघुवित्त वित्तीय संस्था, स्वरोजगार लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतका दरले वृद्धि भएको हो ।

ती १० ओटा कम्पनीमा विक्रेताभन्दा क्रेता अत्याधिक भएकाले शेयर मूल्य बढेको हो । आइतबार सर्वाधिक शेयर मूल्य बढ्ने १० कम्पनी

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...