विद्युत् महसुल असोज २२ गतेसम्म तिरेमा जरिबाना नलाग्ने

काठमाण्डौ, असोज १४ गते । नेपाल विद्युत् प्राधिकरणले भदौ महिनाको विद्युत् महसुल असोज २२ गतेसम्म तिरेमा थप शुल्क र जरिबाना नलाग्ने जनाएको छ ।


भदौ महिनामा देशका धेरैजसो ठाउँमा लकडाउन र निषेधाज्ञा भएकाले मिटर रिडिङ तथा बिलिङ समयमा हुन नसक्दा उपभोक्तालाई महसुल तिर्न समस्या भएकाले यस्तो निर्णय गरिएको प्राधिकरणले जनाएको छ ।

 

प्राधिकरणले भनेको छ, ‘२०७७ साल भदौ महिनाको महसुल भुक्तानी गर्दा छुट तथा थप दस्तुर लाग्ने समय हेरफेर गरी २०७७ असोज २२ गते सम्म महसुल भुक्तानी गरेमा कुनै थप दस्तुर नलाग्ने र असोज २३ देखि ३० गते सम्म भुक्तानी गर्दा ५ प्रतिशत मात्र थप दस्तुर लाग्ने व्यवस्था गरिएको छ ।’

कुनै उपभोक्ताले २०७७ साल भदौ महिनाको महसुल भुक्तानी गर्दा थप दस्तुर यसअघि तिरेको भए थप दस्तुर आगामी बिलमा समायोजन गरिने प्राधिकरणले जनाएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...