पोखरामा नवजात शिशुमा संक्रमण पुष्टि

पोखरा, असोज १४ गते । पोखरामा भर्खर जन्मिएका २० घण्टाको नवजात शिशु सहित थप ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नवजात शिशु पोखरा ४ का हुन् । शिशुलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको एनआइसियुमा भर्ना गरिएको छ ।


पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा २० घण्टाको नवजात शिशु सहित ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

अन्य संक्रमितमा पोखरा महानगरपालिका वडा नम्बर २ तथा २० का ६५ वर्षीय १ र १ जना पुरुष रहेका छन् । संक्रमित सोही अस्पतालको फिभर क्लिनिकबाट पहिचान भएका हुन् । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३ हजार ८ सय ६६ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...