जनताले अनुभुती गर्ने गरि सेवा प्रवाह गर्न डिआइजी अर्यालको निर्देशन

पोखरा, असोज १४ गते । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले प्रत्येक प्रहरी कर्मचारीहरुले सेवा प्रवाह गर्दा जनताको हितलाई मध्येनजर गर्दै तत्कालै जनताले अनुभुती गर्ने काम गर्न निर्देशन दिनुभएको छ । उहाँले उच्च आचरणयुक्त र प्रहरी व्यवसायीकता झल्किने गरी सेवा प्रवाह गर्न गराउन मातहतका प्रहरी कर्यालयका प्रमुखहरुलाई निर्देशन दिनुभएको हो ।


बुधबार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले मातहतका प्रदेश ट्राफिक प्रहरी कार्यालय, गण्डकी प्रदेश सशस्त्र प्रहरी गण, दंगा नियन्त्रण प्रहरी गण साथै ११ वटै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुसंग आयोजित भिडियो कन्फरेन्स मार्फत उहाँले यस्तो निर्देशन दिनुभएको हो ।

 

गृह मन्त्रालयका सचिव साथै संगठन प्रमुख प्रहरी महानिरीक्षकबाट भएका निर्देशन र सम्बोधनहरुलाई मातहतका प्रहरी कर्मचारीहरुलाई प्रभावकारी कार्यान्वयन गर्ने साथै प्रदेश अन्तर्गतको शान्ति सुव्यवस्था, नजिकिदै गरेका चाडपर्व विशेष सुरक्षा योजना, अपराध नियन्त्रण तथा अनुसन्धान र प्रहरी सेवा प्रवाहलाई थप चुस्तदुरुस्त एवं समय सान्दर्भिक बनाउने उद्देश्यका साथ उक्त भिडियो कन्फरेन्स कार्यक्रमको आयोजना गरिएको थियो ।

 

प्रहरी नायव महानिरीक्षक अर्यालले प्रहरी संगठन थप परिस्कृत, व्यवस्थित, प्रक्रिया भन्दा परिणाममुखी कार्यसम्पादनमा जोड एंव आम नागरिकका भावनालाई आत्मसाथ गर्न प्रहरी सेवा प्रवाहको गुणस्तर अभिवृद्धि गरी संगठनको सुदृढिकरण र सवलिकरणतर्फ उन्मुख रहेको स्पष्ट पार्दै प्रहरी कर्मचारीहरुबाट हुने कुनै पनि गैर व्यवसायीक, अमर्यादित र अपारदर्शिताका विषयहरु क्षम्य नहुने बताउनुभयो ।

सोही अवसरमा प्रहरी नायव महानिरीक्षक अर्यालले नजिकिदै गरेका चाडपर्वहरुको सुरक्षा व्यवस्थापनका लागि चाडपर्व विशेष सुरक्षा योजना बनाई पूर्ण सतर्कताका साथ कार्यसम्पादन गर्न गराउन समेत निर्देशन गर्नुभयो ।

 

साथै प्रहरी नायव महानिरीक्षक अर्यालले प्रदेश मातहतका जिल्ला प्रहरी कार्यालय बाग्लुङ, स्याङजा, नवलपरासी पूर्व र गण्डकी प्रदेश दंगा नियन्त्रण प्रहरी गण तनहुँका प्रमुखहरुसंग गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराको “१ वर्षे कार्ययोजना २०७७ र ०७८” सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक किरण राणा लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...