म्याग्दीमा श्रीमानले आफनै श्रीमती मारेर गाडेको आरोपमा फक्राउ

पोखरा, असोज १४ गते । स्याङजा र म्यादीमा शव फेला परेको छ । गण्डकी प्रदेश कार्यालय पोखराले दिएको जानकारी अनुसार स्याङजा भिरकोट नगरपालिका–६ ठाडोहटिया स्थित फुटबल ग्राउण्ड नजिकै खाली जग्गामा अन्दाजी ६५ की मन कुमारी माझी मृत अवस्थामा फेला परेको जनाएको छ ।

 

मृत अवस्थामा रहेको भन्ने जानकारीका आधारमा प्रहरी पुगेको र घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । यता म्याग्दी पनि शव फेला परेको छ । मंगलबार रातको समयमा म्याग्दी बेनी नगरपालिका १ बेलबोट बस्ने वर्ष अन्दाजी ४३ की माया बोहोरालाई निजकै श्रीमान वर्ष अन्दाजी ४० को बिर बहादुर किसानले आफ्नै घर नजिक अन्दाजी ५÷७ मिटर पश्चिम साईडको बारीमा लगि गाडेको समयमा खबर बुधकार बिहान प्राप्त भएको र तत्कालै प्रहरी टोली खटिई मृतकको शबलाई उत्खनन गरी पोष्टमोर्टमका लागि बेनी अस्पतालमा पठाईएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

 

प्रहरीका अनुसार उनकै श्रीमान करिव ४० वर्षिय बिर बहादुर किसानलाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...