बाग्लुङ बुङखानिबाट ११ नाल भरुवा बन्दुक सहित १० जना पक्राउ

पोखरा, असोज २८ गते । भरुवा बन्दुक सहित दश जना पक्राउ परेका छन् । बाग्लुङ तमानखोला गाउँपालिका २ बुङखानिमा ब्यक्तिको घरमा अबैध रुपमा हातहतियारहरु लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बुर्तिवाङबाट प्रहरी टोली गएको थियो ।

प्रहरीले खोजतलास गर्ने क्रममा घरमा लुकाई छिपाई राखिएको ११ नाल भरुवा बन्दुक र २ नाल बन्दुक बनाउन प्रयोग हुने सामाग्री सहित १० जनालाई पक्राउ गरेको हो ।

बाग्लुङ तमानखोला गाँउपालिका २ बुङखानि बस्ने वर्ष ६४ को भिम बहादुर कामीको घर बाट २ नाल भरुवा बन्दुक र २ नाल भरुवा बन्दुक बनाउने सामाग्री बरामद गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

१. जिल्ला बाग्लुङ तमानखोला गाँउपालिका-२ बुङखानि बस्ने वर्ष ६४ को भिम बहादुर कामीको घर बाट २ नाल भरुवा बन्दुक र २ नाल भरुवा बन्दुक बनाउने सामाग्री ।
२. ऐ.बस्ने वर्ष ४१ को सुरेश रसाईलिको घरबाट १ नाल भरुवा बन्दुक ।
३. ऐ.बस्ने वर्ष २९ को मोति प्रसाद रसाईलिको घरबाट १ नाल भरुवा बन्दुक ।
४. ऐ.बस्ने वर्ष ४६ को धन बहादुर छन्त्यालको घरबाट १ नाल भरुवा बन्दुक ।
५. ऐ.बस्ने वर्ष २१ को नकुल रसाईलिको घरबाट १ नाल भरुवा बन्दुक ।
६. ऐ.बस्ने वर्ष २८ को तुला सिंह छन्त्यालको घरबाट १ नाल भरुवा बन्दुक ।
७. ऐ.बस्ने वर्ष ३१ को भुपाल छन्त्यालको घरबाट १ नाल भरुवा बन्दुक ।
८. ऐ.बस्ने वर्ष ६६ को गुनबिर छन्त्यालको घरबाट १ नाल भरुवा बन्दुक ।
९. ऐ.बस्ने वर्ष ४५ को जाल बहादुर छन्त्यालको घरबाट १ नाल भरुवा बन्दुक ।
१०. ऐ.बस्ने वर्ष ६० को भान बहादुर रसाईलिको घरबाट १ नाल भरुवा बन्दुक ।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...