पोखरा, कात्तिक १२ गते । कोरोना भाइरसको संक्रमणबाट गण्डकी प्रदेशमा थप दुई जनाको मृत्यु भएको छ । गोरखा र नवलपुरका गरी दुई जनाको ज्यान गएको हो । गोरखा जिल्ला, बारपाक सुलिकोट १ का १९ बर्षीय कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।
कात्तिक ११ गते, दिउसो ३४५ बजे भरतपुर अस्पताल, चितवनको आईसियुमा उपचारका क्रममा निधन भएको हो । यसैगरी नवलपरासी गैंडाकोट २ का ५४ बर्षीय कोरोना संक्रमित पुरुषको चितवन मेडिकल कलेज, चितवनको आईसियुमा उपचारका क्रममा निधन भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ ।