सहुलियत मूल्य पसल आजदेखि सञ्चालन

काठमाडौँ, असोज १५ गते । दशैँ, तिहार र छठलगायतका पर्वलाई लक्षित गरेर सरकारले बिहीबारदेखि उपत्यकासहित देशभर सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउँदै छ । चाडपर्वमा उपभोक्तालाई थोरै भए पनि मूल्यमा राहत दिने उद्देश्यले सरकारले हरेक वर्ष यसता सहुलियत मूल्य पसल सञ्चालन गर्ने गरेको छ । यो वर्ष पनि त्यसैको निरन्तरता हो ।


यो वर्ष उपत्यका र सुर्खेतका उपभोक्ताका लागि खाद्य व्यवसथा तथा व्यापार कम्पनीले बिक्री गर्ने चामल, दाल, गेडागुडीलगायत अनलाइनबाट खरिद गर्न सकिने थप व्यवसथा गरेको छ । यो वर्ष कोभिड–१९ का कारण भीडभाड नहोस् भनेर सरकारले खाद्य व्यवसथा तथा व्यापार कम्पनीबाट अनलाइनमार्फत सामान खरिद गर्नसक्ने व्यवसथा गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतका खाद्य व्यवसथा तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संसथान (डीडीसी)ले बिक्री गर्ने सामानमा न्यूनतम दुई रुपियाँदेखि अधिकतम ३० रुपियाँसम्म छुट हुनेछ । मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले यस वर्ष दशैँ, तिहारलगायतका चाडपर्व ढिला भएकाले दशैँ आउन १५ दिन अगाडि नै सहुलियत मूल्य पसल सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...