खेल क्षेत्र गण्डकी सरकारको प्राथमिकतामा : आर्थिक मार्मिला मन्त्री गुरुङ

नेपाल हाप्किडो संघको चौथो स्थापना दिवस पोखरामा

पोखरा, असोज १८ गते ।गण्डकी प्रदेशका आर्थिक मार्मिला तथा योजनामन्त्री किरण गुरुङले गण्डकी प्रदेश सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । नेपाल मार्सल आर्ट हाप्किडो संघको चौथो स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले भन्नुभयोे,‘प्रदेश सरकारले नीति, कार्यक्रम र बजेटमै खेल क्षेत्रको बिकासलाई प्राथमिकतामा राखेका छौ ।’

उहाँले प्रदेश सरकारले आफनो हैसियत र क्षमता अनुसार बजेटको व्यवस्था गरेको बताउदै भन्नुभयो,‘हामीले खेलकुदसंग सम्वन्धित ऐन, कानुन निर्माण गरेका छौ । प्रदेश खेलकुद परिषद् गठन गछौँ ।’ मन्त्री गुरुङले गण्डकी विश्वविद्यालयमा खेलकुदको अध्ययन् गराउने तयारी समेत गरिएको बताउनुभयो ।

संसारमा धेरै खेल गतिविधि हुन्छन उहाँले भन्नुभयोे, ‘खेलका आआफनै महत्व र पहिचान बोेकेका हुन्छन् । खेलले शारिरीक र मानसिक रुपमा तन्दुरुत राख्ने भएकाले खेल जीवनका लागि आवश्यक छ ।’ मन्त्री गुरुङले खेलको नियम नमान्ने हो भने खेल नहुने बताउदै भने, ‘खेलको नियम पालना गर्नुपर्छ । अनुशासन विना खेल हुदैन् ।’

खेलमा नक्कल र अनुकरणले मात्र नहुने भन्दै प्राविधिक ज्ञान सीप समेत आवश्यक हुने बताउनुभयो । खेल जति कलात्मक हुन्छ, त्यसले त्यतिनै प्रसिद्धि पाउने उहाँको भनाई थियो । खेल सबैको साझा हुने भएकाले अन्य खेल जस्तै हाप्किडो खेल स्थापित हुने बताउनुभयो । ‘खेल जुन देशबाट सुरुवात भएपनि त्यसलाई पुस्तामा हस्तान्तरण गदै परिस्कृत गर्नुपर्छ ।’

उहाँले आर्थिक विकास विना अन्य विकास सम्भव नहुने बताउदै कोरोनासंग डराएर घरभित्रै बस्न नहुने र दैनिक गतिविधिलाई सुरक्षाका मापदण्डको पालना गरेर सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । ‘्कोरोनाले कसैलाई छोड्दैन । कोरोनासंग भागेर अर्थतन्त्र अगाडी बढन सक्दैन । मापदण्ड पालना गरौँ र अगाडी बढौँ ।’

प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका राजनीतिक सल्लाहकार गोविन्द नेपालीले नेपाली परम्परा अनुशासन खेल क्षेत्रले मात्रै धानेको बताउदै खेल क्षेत्रमा अनुशासन हराएको छैन भन्नुभयो । ‘अनुशासन नेपाली परम्परा हो । अनुशासन राजनीतिमा सिलो जस्तै खोज्र्नुपर्ने अवस्थामा रहेको छ । तर खेल क्षेत्रले अनुशासन बचाएको छ ।’ उहाँले खेलकुद जीवन र समृद्धिको लागि हुर्नुपर्ने बताउदै भन्नुभयो,‘खेलकुदबाटै खेलाडीले बाँच्ने आधार सृजना गर्नुपर्छ ।

जिविकोर्पाजनका लािग खेदकुदको विकल्प खोज्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ ।’ उहाँले हाप्किडो नयाँ विधाका रुपमा अगाडि बढेको बताउदै यसलाइ स्थापित गर्न धेरै मेहनत भैरहेकाले सबैको मनमनमा बस्ने विश्वास ब्यक्त गर्नुभयो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सम्पन्न श्रेष्ठ खेलाडीले अब भोकै बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो । खेललाई व्यवसायीक बनाउदै खेलेरै बाँच्न सक्ने अवस्था सृजना गर्नुपर्नेमा जोड दिनुभयो ।

विश्वमा खेलाडीहरुको आर्थिक अवस्था अब्बल रहेको बताउदै नेपाली खेलाडीको आर्थिक हैसियत पनि राम्रो बनाउन खेलको व्यवसायीकरण हुनुपर्नेमा जोड दिनुभयो । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका अध्यक्ष एकराज गिरीले कोरोना भाइरसका कारण खेल गतिविधि ठप्प रहेको बताउदै अव स्वास्थ्य मापदण्ड पालना गदै चलाएमान बनाउनुपर्नेमा जोड दिनुभयो ।

हाप्किडो संघ गण्डकी प्रदेशका अध्यक्ष एमवि आस्था मगरले चार बर्षको छोटो समयमै धेरै काम गरेको बताउदै खेलाडी उत्पादन र व्यवसायीक बनाउने कार्यमा सहयोग मिलेको बताउनुभयो । कार्यक्रमा नेकपा नेता बालकृष्ण काउछा मगरले खेलकुदको विकासका लागि खेलकुदको मर्मत र भावना अनुसार अगाडी बढनुपर्नेमा जोड दिनुभयो ।

 

यसैवीच कार्यक्रममा हप्किडो खेलको विकासमा पत्रकारीता क्षेत्रबाट सहयोग पु¥याएको भन्दै खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरी, पत्रकाहरु हर्क आले, मिना थापा मगर, रोशनी गुरुङ, रुद्र श्रीस मगरलाई सम्मानपत्र सहित सम्मान गरिएको थियो ।

 

त्यस्तै विभिन्न प्रतियोगितमा विजेता खेलाडीहरु र सहयोगीहरु निमेष गुरुङ, समीर गुरुङ, चेतन ओलि, गोपाल विके, कृतिका गिरी, अन्जना परियार, गणेश केसी, गंगा घर्ती मगर, प्रविण गुरुङ, दिपकबहादुर गोदारलाई गण्डकी प्रदेशका आर्थिक मार्मिलामन्त्री किरण गुरुङ, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोविन्द नेपाली, राखेप सदस्य सम्पन्न श्रेष्ठ, नेपाल हाप्किडो संघका केन्द्रीय अध्यक्ष अध्यक्ष कालिबहादुर घर्ती मगर, संघका गण्डकी उपाध्यक्ष तारामाया थापा मगर लगायतले सम्मान सम्मानपत्र सहित सम्मान गर्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...