पोखराका ४३ सहित गण्डकीमा थप ४९ जनामा संक्रमण पुष्टि

पोखरा, कात्तिक १६ गते । गण्डकी प्रदेशमा फेरी ४९ जनामा संक्रमण वुष्टि भएको छ । लाईफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ४९ जनामा संक्रमण पुष्टि भएको हो ।

सबै संक्रमितहरू लाईफ केयर एण्ड डायग्नोस्टिक प्रा। लि।, पोखरामा पोखराका विभिन्न अस्पताल मार्फत कोरोनाको संक्रमण परिक्षणका लागि नमूना संकलन गरि पठाइएको थियो । सबै संक्रमितहरूलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भैरहेको छ ।गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७४२७ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...