कोरोनाबाट शुक्रबार गण्डकीमा पोखराका तीन सहित चार जनाको मृत्यु

पोखरा,मंसिर १२ गते ।कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा शुक्रबार चार जनाको मृत्यु भएो छ । मृत्य हुने मध्य पोखरा महागनरपालिका तीन र एकजना स्याङजा जिल्लाका रहेका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीले आज दिनभरी सार्वजनीक गरेका विज्ञप्ति अनुसार गण्डकीमा कोरोनाबाट चार जनाले ज्यान गुमाएका छन् । मृत्यु हुने पोखरा ७ की ७६ बषीय महिला रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । महिलाको शुक्रबार विहान ७ः३० बजे उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा मृत्युु भएको हो । उनमा ८ गते संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर २ का ५९ बषीय पुरुषको मृत्यु भएको थियो । उनको उपचारकै क्रममा चरक मेमोरियल अस्पतालमा मृत्यु भएको हो । त्यस्तै पोखरा ३२ का ६६ बषीय महिलाको मृत्यु भएको छ ।पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचका क्रममा मृत्यु भएको हो ।

यता स्याङज जिल्ला अर्जुनचौपारी गाँउपालिकाका–२ की ५८ बर्षी महिलाको मृत्यु भएको छ । मणिपाल अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउसो १ः३० बजे मृत्यु भएको हो । मृतक महिलामा मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४८ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...