म्याग्दी र स्याङजामा सवारी दुर्घटना, एकको मृत्यु, ६ जना घाईते

पोखरा, मंसिर १४ गते । म्याग्दीमा सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने पाँच जना घाईते भएका छन् । आइतबार विहान म्याग्दी मंगला गाउँपालिका २ लामपाटाबाट मंगला गाउँपालिका २ सल्यान जाँदै गरेको प्र २०३००१च २५२ नम्बरको बोलेरो जिप बाबियाँचौर काफलचौर स्थित कच्ची मोटर बाटोमा दुर्घटना भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

जीप सडकबाट झण्डै ५० मिटर तल खसेको र मंगला गाउँपालिका २ सल्यान बस्ने वर्ष ११ की करिस्मा क्षेत्रीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । बोलेरो जिपमा सवार ५ जना घाईते भई उपचारको लागि जिल्ला अस्पताल बेनी पठाइएको थियो । सवारी चालकको अवस्था गम्भीर रहेको बताइएको छ ।
घाइते हुनेहरु
१। जिल्ला म्याग्दी मंगला गाउँपालिका(२ बस्ने वर्ष ४२ को चालक खोम बहादुर कटुवाल, अवस्था गम्भीर ।
२। ऐ।बस्ने वर्ष अंन्दाजी ४० कि सुनिता त्री, अवस्था गम्भीर ।
३। ऐ।बस्ने वर्ष अंन्दाजी ४५ कि सुकला के।सि, अवस्था सामान्य ।
४। ऐ।बस्ने वर्ष अंन्दाजी १० कि कृपा क्षेत्री, अवस्था सामन्य ।
५। ऐ।बस्ने वर्ष अंन्दाजी ३० को राजन जि।सि, अवस्था सामान्य ।

स्याङजा सवारी दुर्घटना
मिति २०७७।०८।१३ गते अंन्दाजी २१स्३० बजेको समयमा जिल्ला स्याङजा भिरकोट नगरपालिका(४ छाङ्छाङ्दी स्थित सिद्धार्थ राजमार्गमा वालिङबाट स्याङजा तर्फ जाँदै गरेको ग १ ज १८४१ नंम्बरको ट्याक्सिले ऐ।स्थानमा पार्किङ गरी राखेको बा १८ च ३२८७ नंम्बरको कारलाई ठक्कर दिँदा कारमा सवार जिल्ला स्याङजा वालिङ नगरपालिका (१३ बायाटारी बस्ने वर्ष ३३ को बिरु गुरुङ घाईते भई उपचारको लागि प्राथामिक स्वास्थ केन्द्र वालिङ पठाईएको, अवस्था मध्यम, घटनास्थलमा तत्कालै प्रहरी टोलि खटिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...