पोखरा, पुस १३ गते । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) दुई समुहमा विभाजन भएको छ । प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्को समुह अध्यक्ष प्रचण्ड र माधव नेपाल समुहमा विभाजन भएको छ । संघीय सरकारमा सहभागी प्रचण्ड माधव समुहका मन्त्रीले राजीनामा दिएका छन् । संघमा विभाजन देखिएपछि त्यसको प्रभाव तल्लो तहमा समेत परेको छ ।
त्यसैले सातै प्रदेशका प्रदेश सरकार संकटमा परेको चर्चा भएको छ । प्रदेश ३ र प्रदेशमा सरकार विरुद्ध अविस्वासको प्रस्ताम समेत दर्ता भएको छ । तर गण्डकी प्रदेश सरकार भने संकटबाट जोगिएको छ । नेकपा प्रचण्ड माधव नेपाल समुहले सहयोग नगरेपनि सरकार टिक्ने भएको छ । राष्टिय जनमोर्चाले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताएपछि यथावत रहने भएको हो । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० दुई टुक्रा भएपछि संकटमा पर्ने भनिएको प्रदेश सरकारलाई जनमोर्चाले समर्थन यथावत राख्ने जनाएको हो ।
गण्डकीमा प्रधानमन्त्री केपी शर्मा ओली समूहका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको नेतृत्व गरिरहेका छन । नेकपा विभाजन भएर गण्डकी सरकारमा पनि अविश्वासको प्रस्ताव आएमा वा अर्को समूहले साथ छाडेमा मुख्यमन्त्रीलाई विश्वासको मत जित्न गाह्रो पर्ने सबैको अनुमान थियो । तर जनमोर्चाले सरकारलाई समर्थन गर्ने भएपछि गुरुङ नेतृत्वको सरकार यथावत रहने सम्भावना देखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली समूहबाट गण्डकीमा २७ जना सांसद छन् । जनमोर्चाले साथ दिँदा ओली समूहका मुख्यमन्त्री गुरुङको नेतृत्वमा ३० जना सांसद हुनेछन् ।प्रधानमन्त्री केपी शर्मा ओली समूहबाट गण्डकीमा २७ जना सांसद छन् । जनमोर्चाले साथ दिँदा ओली समूहका मुख्यमन्त्री गुरुङको नेतृत्वमा ३० जना सांसद हुनेछन् ।
६० सदस्यीय गण्डकी प्रदेशमा १२ जना प्रचण्ड पक्षका र १ जना माधव नेपाल पक्षका सांसद छन् । अविश्वासको प्रस्ताव दर्ता गराउन एक चौथाइ सांसद संख्या चाहिन्छ । तर, जनमोर्चाको साथ पाएपछि ओली समूह नै बलियो देखिएको छ ।