१ करोड ८० लाखमा पोखरा–७ को वडा कार्यालय बन्ने

पोखरा, माघ १ गते । पोखरा महानगरपालिका वडा नम्वर सातको नयाँ वडा कार्यालय भवन  निर्माण हुने भएको छ । रत्नचोकमा १ करोड ८० लाखको लागतमा वडा कार्यालय भवन निर्माण हुने भएको हो । दुई रोपनी ६ आना क्षेत्रफलमा सुविधा सम्पन्न कार्यालयको बिहिबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङले संयूक्त रुपमा शिलान्यास गर्नुभयो । १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी दीप ज्योति कन्ट्क्सन प्रालिले ठेक्का पाएको छ ।


शिलान्यास कार्यक्रममा बोल्दै महानगर प्रमुख मानबहादुर जि.सीले सेवा प्रवाहलाई ब्यवस्थित र नागरिकलाई सहज रुपमा सेवा पु¥याउने उद्देश्यले वडा कार्यालयहरु निर्माणलाई प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले पोखरा महानगरपालिका आफनो भिजन र मिसन अनुसार अगाडी बढेको बताउदै विधि कानूनको पालना गदै अगाडी बढने बताउनुभयो । उहाँले विकास र परिर्वतन रातारात सम्भव नहुने बताउदै अबको बाँकी समय पोखरा महानगरबासीमा विश्वास लगाउने गरी काम गर्ने बताउनुभयो ।


उपप्रमुख मञ्जुदेवी गुरुङले नागरिकलाई सेवा प्रवाह सहज रुपमा गर्न कार्यालयहरु व्यवस्थित हुनुपर्ने बताउदै त्यही अनुसार वडा कार्यालय निर्माणलाई प्राथमिकतामा राखेर अगाडी बढेको बताउनुभयो । वडा कार्यालय निर्माणमा नागरिकहरुले निगरानी र खवरदारी गरेर समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । उपप्रमुख गुरुङले कोरोना भाइरसका कारण विकासका आयोजना प्रभावित भएको समेत बताउनुभयो । महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले कार्यालय भवन निर्धारित सयममै सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गदै कर्मचारीभित्र र सेवाग्राही बाहिर हुने अवस्थाको अन्त्य गर्ने गरी कार्यालयहरुको डिजाइन गर्न इन्जिनियरहरुलाई निर्देशन दिनुभयो ।

 

वडा नम्वर ७ का अध्यक्ष रामचन्द्र बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमममा नेकपा वडा नम्वर ७ का अध्यक्ष पुरुषोत्तम रेग्मी, नेपाली काँग्रेसका वडा सभापति नविन बराल, महानगरका वरिष्ट इन्जिनियर शारदा मोहन काफ्ले, वडा सदस्यद्धय प्रभा पन्त र किशोर बराल लगायतले आआफनो भनाई राख्नु भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...