पोखरा, माघ १५ गते । क्यानडा पठाईन्छिु भन्दै ठगी गरेको आरोपमा कास्की प्रहरीले एक जनलाई पक्राउ गरेको छ । पर्वतको मोदी गाँउपालिका वडा नम्वर ७ स्थायी घर भै पोखरा महानगरपालिका वडा नं ३० शिसुवा बस्ने ३८ वर्षका धिरजकुमार विश्वकर्मा रहेका छन् ।
आफु विगत लामो समय देखी बिदेश बसेको र युरोप, क्यानडा, अमेरीका लगाएतका देशहरुमा धेरै मानिसहरु रोजगारको लागि पठाई सकेको भन्ने भर(बिश्वास दिलाई कास्की, स्याङग्जा, तनहुँ, म्याग्दी लगाएत जिल्लाका ३३ जना व्यक्तिहरुलाई क्यानडा पठाईदिन्छु भनि ठगी गर्ने नियतले उनीहरुबाट रकम उठाएको भन्ने जाहेरीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई अप अनुसन्धान कार्य अगाडी बढाईएको छ । धिरजदे हाल सम्म ३३ जना व्यक्तिहरुबाट प्राप्त निवेदन अनुसार एकमुष्ट रकम नव्वे लाख एकहत्तर हजार पाँच सय रुपैयाँ उठाएको र्र बिश्वासमा पार्नको लागि बिभिन्न सहकारी संस्था र बिकास बैंकहरुको चेक समेत दिएको प्रहरीले जनाएको छ । पक्राउ परेका धिरजलार्ई ठगी सम्बन्धी कसूर अन्तरगतमुद्धा दर्ता गरी मंगलबार १३ गते पक्राउ गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्की प्रहरीले बताएको छ ।