लामाचौरमा निर्माणधिन कर्भहलका लागि राखेपद्धारा १० लाख उपलब्ध

पोखरा, फागुन ३ गते । राष्ट्रिय खेलकुद परिषद्ले थप दुई  पूर्वाधार निर्माण गर्ने सम्बन्धमा स्थानिय उपभोक्ता समितिसँग सम्झौता गरेको छ । गण्डकी प्रदेश स्तरिया खेलकुद अभिमुखीकरण कार्यक्रमका दौरान राखेप सदस्य सचिव रमेशकुमार सिलवाल र लामाचौर खेलमैदान उपभोक्ता समितिका सचिव बुद्धिवहादुर खत्रीबीच सम्झौता भएको छ ।

पोखराको लामाचौरमा निर्माणधिन कर्भहलको भिआईपी प्याराफिटको वाल निमार्णका लागि राखेपले १० लाख उपलब्ध गराउने भएको छ । ३० मिटर लम्बाई र १२ मिटर चौडाई भएको प्यारफिटको दर्शक क्षमता एक हजार रहेको छ । निर्माण सम्पन्न भएको  नेचुरल प्यारफिटतर्फ भने कभर्डहलमा ५ हजार दर्शक अट्ने क्षमता रहेको छ ।

त्यसैगरि स्याङजाको वाललिङ खेल मैदानको प्याराफिट र प्याराफिट मुनी रहेको खेलाडी चेन्जीङ रुम निर्माणका लागि राखेपले १० लाख उपलब्ध गराउने भएको छ । सोमवार राखेप सदस्य सचिव सिलवाल र वालिङ खेलमैदान उपभोक्त समितिका अध्यक्ष केशरवहादुर थापाबीच सम्झौता भएको छ । आईतवार राखेपले गण्डकी प्रदेशका ९ पूर्वाधार निर्माणका लागि सम्झौता गरेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...