पोखरा, फागुन ४ गते । पोखरामा गण्डकी प्रदेश स्तरिय मुख्यमन्त्री कप महिला÷पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । पोखरा रङ्गशालाको भलिबल कोर्टमा सुरु प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै भलिबल खेलको विकासका लागि सरकार, सरोकारवाला संघसंस्था सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले गण्डकी प्रदेशलाई खेलकुदमा अब्बल प्रदेश बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । गण्डकी प्रदेश सांसद राजीव पहारीले पोखरा पर्यटन र संस्कृतिको मात्रै नभई खेलकुदको सहर समेत भएको बताउनुभयो ।
यसैवीच प्रतियोगिताको उदघाटन खेलमा आयोजक कास्की जिल्ला भलिबल संघ स्याङजासँग सोझो सेटमा पराजित भएको छ । स्याङजाले कास्कीमाथि २५–१९, २५–१८ को सेटको नजिता निकाल्दै विजयी सुरुवात गरेको हो ।
अर्को खेलमा पुरुष तर्फ तनहुँले मुस्ताङलाई सोझो सेटमै पराजित गरेको छ । तनहुँले मुस्ताङमाथि २५–१७, २५–९ को सेटले पाखा लगायो । पोखरामा कास्की जिल्ला भलिबल संघको आयोजनामा शुरु प्रतियोगितामा महिला वर्गको पहिलो खेलमा म्याग्दीले नवलपुरलाई २५–५, २५–१५ को सोझो सेटमा पराजित ग¥यो भने स्याङजालाई पर्वतले २५–१६, २५–२१ को सोझो सेटमा पराजित गरेको छ । तनहुँले लमजुङमाथि २५–१४ र २५–६ को सेटमा पराजित गर्दै लिगचरणको खेलबाट अगाडि बढेको छ ।
लिगकम नकाउटका आधारमा सञ्चालित प्रतियोगितामा गण्डकी प्रदेशका मनाङबाहेक कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, गोरखा, लमजुङ, तनहुँ र नवलपुर सहित दश टिमको सहभागीता रहेको छ । प्रतियोगिताको बिजेता महिला र पुरुष टोलीले समान २÷२ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपबिजेता दुबै टिमले नगद १÷१ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिनुभयो । प्रतियोगितामा तृतीय स्थान प्राप्त गर्ने टोलीले नगद ५०र५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सर्वोत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीलाई नगद ५÷५ हजार तथा उत्कृष्ट ‘सेटर’, ‘डिफेण्डर’, ‘स्पाइकर’ र ‘लिफ्टर’लाईसमेत नगद ५÷५ हजारसहित ट्रफी र मेडल प्रदान गरिने संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक खगेन्द्र गौचनले जानकारी दिनुभयो ।