निर्वाचन आचारसंहिता बारे पोखरामा छलफल

कास्की, फागुन ७ गते । निर्वाचन कार्यालय कास्कीले निर्वाचन आचारसंहिता विषयमा छलफल गरेको छ । आयोगले आज निर्वाचन आयोगले पठाएको मस्यौदा माथी कास्कीका नागरिक समाज, सुरक्षाकर्मी, संचारकर्मी, निर्वाचन अधिकारी, राजनीतिक दलका प्रतिनिधि लगायत सरोकारवालासंग छलफल चलाएको हो ।

छलफलमा सहभागीले ठूला दलले नै निर्वाचन आचारसंहिता कार्यान्वयन नगर्ने बताएका थिए । देशभक्त पार्टीका रनबहादुर दर्मले सुरक्षा निकायले पनि ठूला दलका नेतालाई मात्र सुरक्षा दिने गरेको आरोप लगाउनु भयो । साना दललाई पार्टी नगर्ने बताउदै उहाँले साना दलका उम्मेदवार र नेतालाई पनि प्रहरी प्रशासन वास्ता नगर्ने गरेको बताउनु भयो ।

 

मानवअधिकारकर्मी शिव खकुरेलले निर्वाचनको बेलामा बालबालिका र विद्यालय प्रयोग गर्न नहुने बताउनु भयो । उहाँले कडा आचारसंहिता कायम गर्नुपर्ने सुझाव दिनु भयो । यसैगरी निर्वाचन कार्यलयका प्रमुख भीमसेन कार्कीले आचारसंहिताको मस्यौदा बारे जानकारी गराउनु भयो ।प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले निस्पक्ष भएर निर्वाचन अधिकृतले काम गर्नुपर्ने बताउदै सबैले आफनो क्षेत्रबाट सहयोग आग्रह गर्नु भयो ।

निर्वाचन आचार संहिताबारे जानकारी गराउन र छलफलमा उठेका कुरालाई मस्यौदामा समेट्नको लागि छलफल कार्यक्रम राखिएको उहाँको भनाइ थियो । उहाँले आचारसंहिताको मस्यौदामा सवै विषयवस्तु समेटिएको बताउदै आचारसंहिता पनि निर्वाचनको एउटा पाट रहेको गर्नुभयो ।

कास्कीमा २ लाख ६४ हजार ४ सय ७७ मतदाता

यसैगरि कार्यलयका प्रमुख भीमसेन कार्कीले कास्कीका ५ वटा स्थानिय तहमा २ लाख ६४ हजार ४ सय ७७ मतदाता रहेको जानकारी दिनु भयो । उहाँको अनुसार अघिल्लो चुनावमा २ लाख ६५ हजार ३ सय ९६ मतदाता रहेकोमा ९ सय १९ जानको मृत्यु भइ संख्यामा कमी आएको जानकारी दिनु भयो ।

उहाँले मतदान पुनरावलोकनको काम सकिएको समेत बताउनु भयो । उहाँका अनुसार कास्कीमा १ सय ५० मतदान स्थल र ३ सय १७ मतदान केन्द्र रहेका छन् । मतदानको अवधिसम्म मतदान केन्द्र घटबढ हुन सक्ने पनि उहाँले जानकारी गराउनु भयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...