पोखरा, फागुन २८ गते । अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गन्थन डट.कमका पत्रकार कमल सुवेदी निविरोध निर्वाचित भएका छन् ।
संघको शुक्रबार सम्पन्न बार्षिक साधारणसभा एबं प्रथम अधिबेशनबाटसुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । संघको उपाध्यक्षमा सरिता तिमिल्सिना,सचिबमा सन्तोष बस्याल, कोषाध्यक्ष अनिता घिमिरे चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सुरज थापा, शिव न्यौपाने ,जैनब खातुन, अर्जुन थापा र राजु गिरी चयन भएका छन् ।