पोखरा, फागुन २९ गते । संसदीय पत्रकार मञ्च गण्डकीको तेश्रो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशन सुरु भएको छ । अधिवेशनको गण्डकी प्रदेशका आन्तरीक मार्मिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले संसद र सच्चार माध्यम दुवै क्षेत्रमा प्रतिपक्ष हावी भएको बताउनुभयो । संसद प्रतिपक्षको हो भन्ने मान्यता छ उहाँले भन्नुभयो, पत्रपत्रिकामा पनि समाचार प्रतिपक्षकै लेख्नुपर्ने हो ।
‘सत्ता पक्षको आलोचना गर्ने भएकाले प्राथमिकता पाउर्ने होला तर सधै एउटै विषयवस्तुलाई समाचार बनाउने अवस्थाको अन्त्य हुनुपर्छ ।’ पत्रकाहरुले नयाँ विषयवस्तुलाई प्राथमिकता दिनुपर्ने बताउदै उहाँले संसद विघटन गलत भएको बताउनुभयो । संविधानमा विघटन गर्न नपाइने व्यवस्था रहेको बताउदै लोकतान्त्रिक मुल्यमान्यतालाई आत्मसाथ गदै बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । गण्डकी प्रदेश सभा प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपालीले संसदीय पत्रकार मञ्च संसदकै अंग भएको बताउदै संघीताको अनुभुति दिने र सांसदले जनताको पक्षमा आवाज बुलन्द गरेका छन भन्ने सन्देश पत्रकारीता क्षेत्रले प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।
गण्डकी प्रदेश सांसद दीपक कोइरालाले खोजी पत्रकारीताको आवश्यकता औल्याउनुभयो । उहाँले संघीयताको स्थायित्व र आवश्यकताको महसुस र बलियो बनउाने काममा मञ्चले भुमिका खेल्नुपर्ने बताउनुभयो । कार्यक्रम प्रदेश सांसद कृष्ण थापाले राजनीतिमा समेत सिडिकेट भएको गुनासो गर्नुभयो । सिडिण्केट राजनीतिमा पनि छ उहाँले भन्नुभयो, देश र जनताप्रतिको जवाफदेहीता भन्दा आफनो स्वार्थमा निर्णय गर्ने गरेको बताउनुभयो । उहाँले राजनीति साध्य नभई साधन हो भन्दै सामन्तबाद र साम्यबाद विज्ञान हो तलमाथि हुन्छ फेल नहुने बताउनुभयो ।
मञ्चका अध्यक्ष लालप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रदेश सांसद विन्दुकुमार थापा, हरिशरण आचार्य, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेल, संसदीय पत्रकार मञ्चका उपाध्यक्ष भरत कोइराला, विसन क्षेत्री लगायतले बोल्नुभयो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । मञ्चमा २२ जना सदस्य आवद्ध रहेका छन् ।