पोखरा, फागुन २९ गते ।संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा भरत कोइराला निर्वाचित हुनुभएको छ । शनिबार पोखरामा सम्पन्न तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनबाट कोइराला निविरोध अध्यक्षमा निवार्चित हुनुभएको हो । कोइराल यसअघि उपाध्यक्ष हुनुहुन्थ्यो । मञ्चको उपाध्यक्ष अमृत सुवेदी, सचिव रोहितराज पराजुली, कोषाध्यक्ष तारा चापागाईं दुवे र सहसचिवमा युवराज श्रेष्ठ निविरोध निर्वाचित हुनुभएको छ ।
अधिवेशनले सदस्यमा प्रकाश ढकाल,बासु पौडेल,बिशन क्षेत्री, उमा आले मगर, युवराज गुरूङ (युनिश) र उमेश पुन मगर चयन हुनुभएको छ । यसअघि अधिवेशनको उद्घाटन गण्डकी प्रदेशका आन्र्तरिक मार्मिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले उद्घाटन गर्नुभएको थियो । उहाँले मञ्चले संसदी फाँटलाई व्यवस्थित बनाउन र लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन भुमिका खेल्नुपर्नेमा जोड दिनुभएको थियो ।