अक्सिजन सिलिण्डर फिर्ता गर्न प्रशासनको अनुरोध, अनुगमनमा भेटिए कारबाहीको चेतावनी

पोखरा, बैशाख २४ गते। अक्सिजन सिलिल्डर फिर्ता गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले अनुरोध गरेको छ । शुक्रबार अक्सिजन आपूर्ति व्यवथापन सम्वन्धी सार्वजनी सुचना जारी गदै प्रशासनले आफनो घर तथा संघसस्थामा तत्काल प्रयोगमा नआएका तथा खाली रहेका सिलिण्डहरु सम्वन्धित अक्सिजन उत्पादक कम्पनी वा अक्सिजन खरिद गरेको निकायमा फिर्ता गरी कोभिड १९ संक्रमण रोकथाममा सहयोग गरिदिनुहुन अनुरोध गरेको छ ।

प्रशासनले सुचना जारी गरिएकोमा केही ब्यक्ति, संघसंस्था, निकायबाट अक्सिजन सिलिण्डरहरु सम्वन्धित कम्पनीमा प्राप्त भईरहेको जनाउदै सुचना बमोजिम अझै केहि ब्यक्ति संघसस्था र निकायबाट फिर्ता गर्न बाँकी रहेका सिलिण्डरहरु सूचना जारी भएको मितिले ७२ घटाभित्र सम्वन्धित अक्सिजन उत्पादक कम्पनी वा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्कीमा फिर्ता गर्न आग्रह गरेको छ ।

 

फिर्ता नगरेमा स्थानिय प्रशासनबाट खोजतलास तथा अनुमगनका क्रममा यो सूचनाको अवज्ञा गरी कोही कसैबाट अक्सिजन सिलिण्डरहरु राखिएको भेटिएमा संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही हुने चेतावनी समेत दिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...