पोखरा, जेठ ३ गते । गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारले गरी रहेका प्रयास बारे चासो ब्यक्त गर्नुभएको छ ।
गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव विनोदबहादुर कँुवरले भेट गदै प्रदेश सरकारले गरिरहेका प्रयास बारे जानकारी गराउनु भएको थियो । कोरोनाले प्रदेशमा पारेको प्रभाव, अहिलेको अवस्था र सरकारले गरेका कार्यहरुको बारेमा जानकारी सचिव कुवँरले गराउनु भएको थियो ।
प्रदेश प्रमुख पौडेलले गम्भीर चासो ब्यक्त गर्नुभएको प्रमुखका स्वकीय सचिव मुकुन्दराज दहालद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।