पोखरा, जेठ ८ गते ।गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनीक गरेको पछिल्लो विवरण अनुसार गण्डकीका विभिन्न अस्पतालमा उपचाररत २१ जनाको मृत्यु भएको हो । गण्डकी ११ जिल्ला मध्य शनिबार सबैभन्दा धेरै कास्कीका १२ जना संक्रमितको मृत्यु भएको छ ।
त्यस्तै स्यांजाका ६ जना, पर्वतका १ जना, म्याग्दीका १ जना, तनहुँका १ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै गण्डकी प्रदेशमा शनिबार ५२३ नयाँ संक्रमित थपिएका छन् ।
२५० महिला र २६६ जना पुरुष संक्रमित भएका छन् । सबैभन्दा धेरै म्याग्दीमा १०४ जना, कास्कीमा ५१ जना, बागलुंगमा ६ जना, गोरखा ५५ जना, लमजुग ३२ जना, तनहुँ ५५ जना, स्यांजा ८० जना, गोरखामा ९८ जना, नवलपरासीमा १३८ जना, पर्वतका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।गण्डकीमा अहिले सम्म संक्रमित संख्या ३३६३६ जना पुगेका छन् ।