एसइइ परीक्षा नहुने, विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षाफल

काठमाडौं, जेठ १७ । यस बर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा नहुने भएको छ । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना संक्रमणको जोखिमका कारण गत बर्ष जसरी नै परीक्षाफल प्रकाशित गर्ने निर्णयसहित एसइइ परीक्षा सञ्चालन नगर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको हो ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोना संक्रमण जोखिमलाइृ मध्यनजर गरी बिद्यालयको आन्तरिक मुल्यांकणका आधारमा परीक्षाफल प्रकाशित गर्ने बिकल्पमा गई एसइइ परीक्षा सञ्चालन नगर्ने गरी मन्त्रिपरिषदमा प्रस्ताव लैजाने निर्णय गरेको जानकारी दिनुभयो । ‘सिफारिश समितिको सुझावको अध्ययन गरी एसइइ परीक्षा सञ्चालन नगर्ने र गत बर्षकै जसरी बिद्यालयको आन्तरिक मुल्यांकणका आधारमा परीक्षाफल प्रकाशित गर्ने गरी मन्त्रिपरिषदमा प्रस्ताव लगिएको छ,’ मन्त्री श्रेष्ठले जनताटाइम्ससँग भन्नुभयो ।

शिक्षा मन्त्रालयले केही समयअघि गठन गरेको समितिले कक्षा १२ र एसइइको बिषयमा बिभिन्न सुझाव दिएको थियो । शिक्षा मन्त्रालयले कक्षा १२ को परीक्षाको बिषयमा भने कुनै निर्णय गरिसकेको छैन । माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को परीक्षाको मोडालिटीको विषयमा अध्ययन गरी सुझाव दिन गठित कार्यदलले आफ्नो जेठ १४ गते प्रतिवेदन बुझाएको थियो । सो कार्यदलले एसईईको परीक्षा विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा गर्नुपर्ने र कक्षा १२ को भने अन्तर्राष्ट्रिय मान्यतासमेत भएकोले परीक्षा लिनुपर्ने सुझाव दिएको छ ।

गत वर्ष पनि एसईईका विद्यार्थीको विद्यालयले आन्तरिक मूल्याङ्कनका आधारमा गरिएको थियो भने कक्षा १२ का विद्यार्थीलाई ४० अङ्कको लिखित परीक्षा लिइएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...