मादी गाउँपालिकाद्धारा किसानलाई ट्याक्टर वितरण

पोखरा, जेठ २६ गते । कास्कीको मादी गाँउपालिकाले किसानलाई हाते ट्याक्टर वितरण गरेको छ ।

गाँउपालिकाले कृषिलाई प्राथमिकता दिदै ५० प्रतिशत अनुदानमा गाउँपालिका भित्र रहेका किसानलाई हाटे ट्याक्टर वितरण गरेको गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ (श्याम)ले जानकारी दिनुभयो ।उहाँका अनुसार मादीगाउँपालिकाका २४ कृषकलाई ५० प्रतिशत अनुदानमा ट्याक्टर उपलब्ध गराइएको हो ।

 

गाउँपालिका अध्यक्ष अध्यक्ष बेदबहादुर गुरुङ (श्याम)ले एक कार्यक्रमका वीच हाते ट्राक्टर किसानलाई वितरण गर्नुभएको हो । ट्याक्टर वितरण गदै अध्यक्ष गुरुङले गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन आधुनिकिरण गदै कृषि क्षेत्रमा आकर्षण गराउने योजना अनुसार काम भैरहेको बताउनुभयो ।

 

किसानका लागि संघ, प्रदेश र स्थानीय सरकारका तर्फबाट अनुदान लगायत कृषि औजार सहयोग गर्ने लगायतका कार्यक्रम रहेको बताउदै कृषिलाई आधुनिकिरण र व्यवसायीक बनाउदै अर्थतन्त्र बजबुत बनाउनुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...