पोखरा, असार १२ गते ।मनाङका बाढि प्रभावित क्षेत्रमा संघ र प्रदेश सरकारले चासो नदिदाँ पीडितहरु समस्यामा परेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सेनाको हेलिकप्टरमा घुमेर फर्केपनि पीडितका बारेमा खासै चासो दिएनन् । मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल र मन्त्री राजीव गुरुग पुगेपनि राहत र उद्धारमा भन्दा आफनै सरकारमा मन्त्रीपद बाडफाडमा फसे ।

मनाङका बाढि पीडितलाई मनकारी मनहरुले राहत पुयाइरहेका छन् । नेपाल खेलकुद महासंघका केन्द्रीय उपमहासचिव एवं मनाङकै चेली शान्तामाया परियारको संयोजनमा राहत वितरण गरिएको छ । परियारकै पहलमा विभिन्न महासंघले राहत वितरण गरेको हो । मेलम्ची र हेलम्बुमा मात्रै सरकारको ध्यान केन्द्रीत भैरहदाँ मनाङका बाढि प्रभावितहरु प्राथमिकतामा परेका छैन् ।

त्यसैलाई मध्यनगर गदै महासंघका उपमहासचिव परियारको संंयोजनमा नासो गाउँपालिकाका बाढीपहिरोबाट प्रभावितलाई राहत वितरण गरिएको हो । राहत वितरण कार्यक्रममा ङिस्याङ मनाङ वोमन सोसाइटी,मनाङमस्याङ्दी फुटबल क्लव,नेपाल आयल निगम,गोर्खा सेमिस्ट्रिस ट्रस नेपाल लगायत प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोगमा राहत सामाग्री वितरण गरिएको संयोजक परियाले बताउनुभयो । संयोजक परियारले सहयोगी सबैलाई आभार प्रकट गर्नुभएको छ ।

राहत वितरण अभियानमा सहयोग र हौसला पुर्याउनुहुने निवर्तमान गृहमंत्री खगराज अधिकारी,नेपाल खेलकूद महासंघका पूर्व ईन्चार्ज कर्ण थापा , नेपाल खेलकूद महासंघका ईन्चार्ज धावा तामाङ,मनाङ प्रमुख जिल्ला अधिकारी बिष्णु लामिछाने, पर्व सांसद पोल्देन छोपाङ गुरूङु, मनाङ जिल्लाका समाजसेवी सोलिम गुरूङ(जिमी), नासो गाउँपालिका वडा नं १ का अध्यक्ष लगायतलाई समेत धन्यवाद ज्ञापन गर्नुभएको छ ।