पोखरा,साउन ६ गते ।महिला उद्यमशीलता विकासको सहयोगका लागि, गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री कुमार खड्कालाई घरेलु उद्योग तथा हस्तकला उपसमितिले बुधबार ज्ञापनपत्र बुझाएको छ ।
पोखरा उद्योग बाणिज्यसंघकी कार्यसमिति सदस्य तथा पोखरा उद्योग वाणिज्यसंघ अन्र्तगत गठित घरेलु उद्योग तथा हस्तकला उपसमितिकी संयोजक पवित्रादेवी गुरुङको नेतृत्वमा पत्र बुझाएको हो । सीपमुलक तालिमको व्यवस्थापन, कर्जा सहज रुपमा उपलव्ध गराउन, कोरोना विरुद्धको खोप उलव्ध गराउन, अनुदान, लगायतका ७ वुद्धे माग गरी ज्ञापनपत्र बुझाइएको संयोजक गुरुङले बताउनुभयो । ज्ञापनपत्र वुभ्mदै मन्त्री खड्काले सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।