एन्फा पदाधिकारी र प्रशिक्षकबीचको विवाद: प्रवक्ताले दिए राजिनामा

काठमाडौं, साउन १८ गते । अखिल नेपाल फुटबल सङ्घ(एन्फा)का प्रवक्ता किरण राईले पदबाट राजिनामा दिनुभएको छ । एन्फाभित्र पदाधिकारी र प्रशिक्षकबीचको विवाद छताछुल्ल हुँदा प्रवक्ता राईले राजिनामा दिन पुग्नुभएको हो ।


एन्फा कम्प्लेक्स सातदोबाटोमा आज अध्यक्ष कर्मा छिरिङ्ग शेर्पालाई उहाँले राजिनामा बुझाउनुभएको हो ।  । उहाँले सामाजिक सञ्जालमा राजिनामा बुझाउँदै गरेको तस्विर सार्वजनिक गर्नुभएको छ ।

२०७५ साल वैशाख २४ गते उहाँलाई एन्फाले प्रवक्ताको जिम्मेवारी दिएको थियो । उहाँ एन्फाको केन्द्रीय सदस्य भने रहिरहनुहुनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...