गण्डकीमा शनिबार दश संक्रमितको मृत्यु

पोखरा, भदौ १२ गते । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमतिको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देनालय गण्डकी प्रदेशले शनिबार जारी गरेको २४ घण्टाको विवरणमा गण्डकीका विभिन्न अस्पतालमा उपचाररत दश जना संक्रमितको मृत्यु भएको जनाएको हो ।मृत्यु हुनेमा नवपलरासीका ५ र कास्कीका चार जना रहेका छन् भने स्यांजाका एक संक्रमितको मृत्यु भएको छ ।

गण्डकीमा शनिबार ३०४ नयाँ संक्रमित थपिएका छन् । थपिएका मध्य कास्कीका १८८, नवलपरासीका ५३, स्यांजाका १६, तनहुँका २९, गोरखाका १२ जना रहेका छन् ।गण्डकीमा शनिबारसम्म ३६ सय ९८ संक्रिय संक्रमित रहेका छन् । ती मध्य होमआइसोलेसन ३१ सय ८३ जना हेका छन् । कोरोनाबाट गण्डकीमा १२सय ८४ जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...