रोकिएन वर्षा, पोखरामा कतै पहिरो, कतै जमिन भासियो

पोखरा, भदौ १८ गते । पोखरामा केहीदिनदेखि परेको अविरल वर्षाका कारण बाढि पहिरो र जमिन भासिने क्रम बढेको छ । बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण पहिरो जादाँ विहिबार पाँच जनाको ज्यान गयो भने एक जना अझै बेपत्ता छन् ।

पोखरा वडा नम्वर २० भलाम स्थित र्यालेचौर र सोही वडाको मुलाबारीमा पहिरोले पुरिएर चार जनाको मृत्यु भ्एको थियो भने एकजना बेपत्ता भएका छन् ।


त्यस्तै पोखराका विभिन्न वडामा जमिन भासिने र भ्वाङ पर्ने क्रम दुई दिनदेखि जारी रहेको छ । विहिबार पोखराको नदिपुरमा तीन पक्की घर भासिए छने पोखरा १६ मा समेत जमिन भासिएको छ ।

रातिको वर्षातले १६ को अर्मला जोइमुरी ९जोगीमणि० को डुब्ने खोलाको सडक अवरुद्ध भएको छ १ अवरूद्ध सडकलाई खुलाउने कार्य भइरहेको छ । त्यस्तै शुक्रबार पोखरा ५ अन्नपूर्ण मार्ग भासिएको छ । सडक किनारा भासिएपछि एउटा घर जोखिमा परेको स्थानीय विष्णुप्रसाद बरालले जानकारी दिनुभयो ।

घरको गेट अगाडीको सडकनै भाएिसपछि घर जोखिममा परेको हो ।पोखरामा तीनदेखि अविरल रुपमा वर्षा भैरहेको छ । वर्षा नरोक्किदा जनजीवन प्रभािवत भएको छ भने त्रास बढेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...