नेपाली महिला फुटबल टोलिले बङ्गलादेशको सामना गर्दै

काठमाडौं, भदौ २४ गते । मैत्रीपूर्ण फुटबलमा नेपाली महिला फुटबल टोलिले बङ्गलादेशको सामना गर्दैछ । नेपाली महिला फुटबल टोली हाल एएफसी फुटबल एशिया कप २०२२ को छनोटको तयारी स्वरुप बङ्गलादेश विरुद्ध मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो ।


नेपाल र बङ्गलादेशबीचको खेल साँझ पाँच बजेपछि त्रिपुरेश्वरस्थित दशरथ रङशालामा सुरु हुँदैछ । दुबै राष्ट्रले खेल प्रतिस्पर्धी हुने जनाएको छ । बङ्गलादेशको फुटबल टोलिका प्रशिक्षक चोटोनले टोलिका अधिकांश सदस्य १६ देखि १८ वर्ष उमेर समूहको रहेको र एक अर्कासँग राम्ररी घुलमिल गर्ने भएकोले एएफसी प्रतियोगिताको तयारीका लागि उपयुक्त हुने बताउनुभयो । उहाँले नेपाल अत्यन्तै सशक्त टोलि रहेकोले खेल स्पर्धात्मक हुने अपेक्षा गरेको बताउनुभयो ।

बङ्गलादेश टोलिका कप्तान सबिना खातुनले नेपाल विरुद्धको खेलका लागि टोलि राम्ररी तयारी गरेको बताउनुभयो ।नेपाली फुटबल टोलिका प्रशिक्षक गैरी फिलिप्सले कोभिड १९ महामारीको बेला समेत फुटबल खेल्नु ठूलो अबसर भएको प्रतिक्रिया दिनुभयो । उहाँले छ सातासम्मको बन्द प्रशिक्षणपछि टोलिले अन्तर्राष्ट्रिय स्पर्धा खेल्न लागेको एएफसी फुटबल प्रतियोगिताको छनोट अघि हुन लागेको खेलले आफ्नो स्तर जाँच्न सहयोग पुग्ने बताउनुभयो ।नेपालले बङ्गलादेश विरुद्ध दुई म्याच खेल्नेछ । दोस्रो खेल आइतबार हुनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...