पोखरा, असोज १ गते । नेकपा एमालेका सचिव योगेश भट्टराईले वर्तमान सरकार राजनीतिक रुपमा असफल भैसकेको दावी गर्नुभएको छ । प्रेस चौतारी कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो, ६५ दिनसम्म मन्त्रीपरिषद् विस्तार र संसद सञ्चालन गर्न सकेको छैन । गठबन्धन दलहरुवीच एकता छैन । त्यसैले यो सरकार असफल भैसक्यो ।’
देउवा सरकार असान्र्दभिक भैसक्यो उहाँले भन्नुभयो,‘अव एमालेको नेतृत्वमा सरकार बनाएर निर्वाचनमा जानुको विकल्प छैन् ।’ उहाँले सरकार आर्थिक रुपमा समेत सरकार असफल भएको जिकीर गर्नुभयो । आर्थिक वित्तिय अनुशासन कायम गर्न बजेट जेठ १५ भित्र ल्याउने व्यवस्था संविधानमा गरिएको बताउद्ै सरकारकै कारण बजेट विहिन अवस्थामा पुगेको बताउनुभयो ।
सरकारले आर्थिक वित्तिय अनुशासनको हिनताको अवस्थामा पु¥याउको बताउदै नेपालको इतिहासमा पहिलो पटक बजेट विहिन बनेको बताउनुभयो । उहाँले पार्टीमा देख्रिएको विवाद समाधान लागि भएको दश बुँदे अध्यक्ष ओली र वरिष्ठ नेता नेपालकै सहमतीमा भएको बताउदै भन्नुभयो, मावध नेपालले दश बुँदे मान्दिन भन्ने आधार छैन् । यसको कार्यान्वयन जार्नुपर्छ ।’ सचिव भटराईले माधव नेपाल एमाले विना बस्न नसक्ने बताउदै‘ उहाँ होम सिकजस्तै हो । एमाले सिक हुनुहुन्छ । सपना र विपनामा एमाले देख्नुहुन्छ ।फर्किनु बाहेक बिकल्प छैन् ।’
नेता भट्टराईले पार्टी विभाजन दुखदः भएपनि तलसम्म विभाजनको असर भने नपरेको दाबी गर्नुभयो । विभाजनले ५ प्रतिशत मात्रै असर परेको उहाँको भनाई थियो । गण्डकी प्रदेश सरकारले ल्याएको आम सञ्चार ऐन प्रति लक्षित गर्दै नेता भट्टराईले प्रेस माथी लगाईने अन्कुस एमालेले कुनैपनि हालतमा समर्थन नगर्ने बताउनुभयो ।