दर्शक बिना आहारारा गोल्डकप सुरु, एपिएफको बिजयी सुरुआत

पोखरा, माघ ६ गते । आयोजक सहारा क्लबलाई उद्घाटन खेलमा पराजित गदै सशस्त्र प्रहरीको (एपिएफ) क्लबले २० औ आहा रारा गोल्डकपमा विजयी सुरुआत गरेको छ । पोखरा पोखरा रंगशालाको फुटबल मैदानमा बुधबारदेखि सुरु भएको २० औं संस्कराण्को आहारारा गोल्डकपमा आयोजक सहारा क्लबलाई २)० ले हराउँदै विभागीय टिम एपीएफले जित दर्ता गरेको हो ।

तस्विर: राम गुरुङ

एपिएफको जितमा आवास लामिछाने र प्रदीप लामाले एकएक गोलको योगदान दिए । खेलको १३ औं मिनेटमा एपीएफका आवास लामिछानेले पहिलो गोल गर्दै खाता खोलेका थिए भने दोश्रो गोल प्रदीपले थप्दै जित सुनिश्चित गरे । पहिलो हाफमा १(० ले अग्रता लिएको एपिएफले दोस्रो हाफको सुरुवातमै दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाएको थियो।

 

पोखरा रंगशालामा पहिलो पटक दर्शक विना सहाराले प्रतियोगिता सञ्चालन गरेको छ । कोरोना भाइरस संक्रमणका कारण सरकारले २५ जना भन्दा बढि जम्म हुन नपाउने निर्णय गरेसंगै आयोजक सहाराले दर्शक विना प्रतियोगिता सञ्चालन गरेको हो । प्रतियोगिताको दोस्रो खेल शुक्रबार हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ ।१० वटा टिम सहभागी रहेको प्रतियोगिताको विजेताले १० लाख र उप(विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...