पाेखरामा सुरु भयाे सडक महाेत्सव

पोखरा । पोखराकाे फेवाताल किनारमा २५ औं  सडक महोत्सव सुरु भएको छ । अंग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर रेष्टुरेन्ट एन्ड बार एशोसियशन (रेवान) पोखराको आयोजनामा पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा आजदेखि सडक महोत्सव सुरु भएको हो ।


लेकसाइडको फिष्टेल गेटदेखि खहरे र डिहीको पाटनसम्मको करिब ३ किलोमिटर सडकमा सुरु महोत्सवको फेवाताल किनारस्थित कोमागाने पार्कमा आयोजित समारोहमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आर्चायले उद्घाटन गरे ।

५ दिनसम्म चल्ने महोत्सवमा करिब ५ लाख अवलोकनकर्ता भित्र्याउने रेबानको लक्ष्य छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी पोखरालाई अंग्रेजी नयाँ वर्ष मनाउने गन्तव्यस्थलको रूपमा विकास गर्ने उद्देश्यसहित विगत २५ वर्षदेखि अंग्रेजी नयाँ वर्षको अवसरमा महोत्सव सञ्चालन हुदै आएकाे छ ।

 

महाेत्सव खहरेचाेकबाट साँस्कृतिक झाँकी सहितकाे र्याली सुरु भएकाे थियाे ।पुस १६ गतेसम्म सञ्चालन हुने महाेत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारका प्रस्तुति रहने छन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...