पोखरालाई शिक्षाको हब बनाउने प्रयासमा छौँ : उपप्रमुख गुुरुङ

पोखरा, माघ १४ गते ।पोखरा महानगरपालिकाका उपप्रमुुख मञ्जुुदेवी गुुरुङले पोखरालाई शिक्षाको हब बनाउनु चाहेको बताउनुभएको छ । उहाँले बोलेर मात्रै शिक्षाको हब बन्न नसकिने बताउदै तीनै तहका सरकारले शिक्षा नीति, योजना र कार्यक्रम बारे सोच्नुपर्ने बताउनुुभयो ।


करुणानिधि एजुुकेसन फाउन्डेसन (केफ)माध्यमिक विद्यालयको ३० औँ वार्षिकोत्सव एवं अभिभावक दिवसमा बोल्दै उहाँले समुुन्नत पोखरा बनाउन शिक्षा, स्वास्थ्य र रोजगारी आवश्यक रहेको बताउनुुभयो । शिक्षाको हब बनाउन गुणस्तरीय शिक्षा आवश्यक रहेको बताउदै उहाँले भन्नुुभयो,“वार्षिक १ लाख विद्यार्थी उच्च शिक्षाका लागि विदेशिएको र अर्बौ रुपैयाँ समेत बाहिरिएकाले त्यसलाई रोक्न नीति ल्याउनुुपर्छ ।”

उपप्रमुख गुुरुङले समुुन्न र समृद्ध महानगर बनाउन शिक्षाको भुमिका महत्वपूर्ण हुने बताउनुुभयो ।यहाँले पोखरा महानगरमा २ सय बढि सामुदायिक र १७८ संस्थागत विद्यालय रहेको बताउदै संस्थागत विद्यालयको लगानी ठूलो रहेको र त्यसबाट प्रतिफल प्राप्त भएपनि सामुुदायिक विद्यालयमा सरकारको लगानी धेरै भएपनि त्यो नतिजामा नदेखिएको बताउनुुभयो । स्थानीय तहले आफनो कानुुन बनाउन सक्ने भएपनि माथिल्लो तहसंग नबाझिने र आफनो अधिकार क्षेत्रभित्र रहेर बनाउने र सहकार्य गर्ने उल्लेख गर्नुुभयो ।

बालबालिकाका लागि शिक्षा आर्जनका लागि घरबाटै बातावरण सृजना गर्नुुपर्ने र विद्यालयहरु पनि बालमैत्री वातावरणमा पढनपाठन गर्नुुुपर्नेमा जोड दिनुुभयो । बालबालिकाले प्राप्त गरेको शिक्षाले जीवन परिर्वतन हुुनुुपर्छ तर त्यसको उल्टो अवस्था रहेको उपप्रमुख गुुरुङले बताउनुुभयो । उच्च शिक्षाका लागि त्रिभुवन विश्वविद्यालय जानुुपर्ने विद्यार्थीहरु विदेश जान त्रिभवुन अन्तराष्ट्रिय विमानस्थलमा लर्को लाग्ने गरेको र यसले अहिलेको शिक्षा प्रणालीका विषयमा सोच्नुपर्ने अवस्था आएको उहाँको भनाई थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...