पाेखरा २० माैरी पकेट क्षेत्र, एक सय घार वितरण

पाेखरा, माघ १७ गते ।पाेखरा महानगरपालिका वडा नम्बर २० का किसानलाई माैरी घार वितरण गरिएकाे छ ।

पोखरा महानगरपालिकाको एक वडा  एक पकेट कार्यक्रम अन्तर्गत एक सय थान माैरी घार वितरण गरिएकाे हाे ।

महानगरले गत आर्थिक वर्षदेखी पोखरा २० मा मौरी पकेट संचालन गरेकाे छ । महानगर कृषि तथा पशु महाशाखाले गत आ.ब.२०७९/८० मा मौरी सहितको १८५ घार ५० % अनुदानमा बितरण गरेकाे महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।

 

गत वर्ष वितरण गरिएकाे माैरी सहितकाे घारबाट मह उत्पादन शुरु भएको र १ जनाले ५ घार बाट १५ घारसम्म बिस्तार गरेकाले त्यसकाे प्रभावकारिता र किसानमा उत्साह बढेकाले यश वर्ष १ सय खाली माैरी घार वितरण गरिएको प्रमुख कडरियाले बताए ।

 

पाेखरा महानगरकाे ५० प्रतिशत लागत साझेदारीमा खाली  मौरी घार बितरण गरिएकाे हाे । उक्त घार वडा अध्यक्ष गंगाबहादुर खत्री, महाशाखा प्रमुख मनहर कडरिया, वडा सदस्य गञ्जमान गुरुङ लगायतले किसानलाई हस्तान्तरण गरे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...