अल्फा वोडिङ स्कुलको वार्षिकोत्सव , सरितालाई दीर्घ सेवा पदक

पोखरा, फागुन १३ गते ।अल्फा वोडिङ स्कुल पोखरा– १६, लामाचौरको ३५ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै शिक्षा विकास समवन्य ईकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले व्यवहारिक र संस्कारयुक्त शिक्षाले नै समाजलाई असल मार्गमा डोहोर्याउने बताउनुभयो ।

 

 

विद्यालयका प्राचार्य सुरेन्द्रमानसिंह भण्डारीले वार्षिक प्रतिवेदन पेश गर्दै विद्यालयले विद्यार्थीका लागी व्यवहारिक शिक्षालाई पहिलो प्राथामिकतामा राखेको दावी गर्नुभयो ।

 

 

कार्यक्रममा विद्यालयले दीर्घ सेवा पदकवाट विद्यालयमा दुई दशक देखि कार्यरत शिक्षक सरिता गुरुङलाई नगद सहित सम्मान र एस इ इ टपर प्रवेश बुढा मगर, उत्कृष्ट विद्यार्थी सुनिला थापा, भुपु विद्यार्थी डा. किरण आचार्य, एम विविएसमा नाम निकाल्न सफलविनय आचार्यलाई सम्मान गर्यो । त्यस्तै खेलकुद तथा शैक्षिक तर्फ २ सय ६०जना उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ ।

 

 

उक्त सम्मान तथा पुरस्कार प्रमुख अतिथी आचार्य, विशेष अतिथी पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सीना,प्याव्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेल, नवआर्दश सामुदायिक विकास समाजका अध्यक्ष स्वागतमानसिंह भण्डारी, पुर्व अध्यक्ष नविन भण्डारी, व्यवस्थापन समितिका सदस्य चित्र राना, प्राचार्य भण्डारी, विद्यालयका कार्यकारी निर्देशक दीपक गुरुङ, संस्थापक सदस्य सफल बम्जन, लगायतले वितरण गर्नुभयो ।

 

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं प्राचार्य भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथी पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सीना,प्याव्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेल, सह प्राचार्य वलराम भुजेल लगायतले बोलेका थिए । यस अघि अल्फा लिडरसिप क्याम्प संचालन गरिसकेको विद्यालयले अव छिटै कक्षा ११ र १२ पनि संचालनको तयारी गरेको प्राचार्य भण्डारीले जानकारी दिनुभयो ।

 

 

साँस्कृतिक कार्यक्रमको संचालन कक्षागत रुपमा अंकिता गौतम, प्रिन्स पुपेइ, जेसिका केसी, अभिशेक श्रेष्ठ, जोइनोफिल गुरुङ, सुइच्छा गुरुङ, नसिव पुन,एजिना गुरुङ,प्रकृति अधिकारी, स्वीकृती अधिकारी, सेल्फिया गुरुङ, जेनी गुरुङ, रिदम थापा र प्रनित गुरुङ तथा औपचारिक कार्यक्रम शिक्षक भारती गौतमले संचालन गर्नुभएको थियो ।

 

 

कक्षा वाल विकासबाट १० सम्म करिव ६ सय विद्याथी अध्ययनरत र पुर्ण तथा आशिंक गरी ५० वढी शिक्षक कर्मचारी रहेको सो विद्यालयका ३ जना विद्यार्थी क्षेत्रिय संगा्रलयको समवन्यमा भएको अध्ययन अनुसन्धानमा छनौट समेत भएका छन् ।

 

सोही अवसरमा एस इ इ को तयारी गरिरहेका कक्षा १० का विद्यार्थीलाई कक्षा नौंका विद्यार्थीले विदाई समेत गरेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...