राष्ट्रिय सभा अध्यक्ष पदमा दाहाल निर्वाचित

काठमाडौं, फागुन २९ गते । राष्ट्रिय सभा अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्री) का सांसद नारायणप्रसाद दाहाल निर्वाचित हुनुभएको छ । उहाँ ३९ मत प्राप्त गरी विजयी हुनु भएको हो ।

राष्ट्रिय सभाको मङ्गलबारको बैठकमा प्रस्तुत गरिएका दुई उम्मेदवारको प्रस्तावलाई निर्णयार्थ पेश गरिँदा अध्यक्ष पदमा दाहाल निर्वाचित हुनुभएको हो । दाहालको प्रस्तावकमा माओवादी केन्द्रका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल तथा नेकपा (एकीकृत समाजवादी) का बेदुराम भुसाल हुनुहुन्छ ।

 

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्माले १७ मत प्राप्त गर्नुभयो । बैठकमा युवराज शर्माको पक्षमा मत विभाजन हुँदा उहाँको पक्षमा जम्मा १७ मत र विपक्षमा ४९ मत परेको थियो । शर्माको मत विभाजन प्रक्रियामा ५६ सांसद उपस्थित हुनुभएकोमा उहाँको पक्षमा १७ र विपक्षमा ३९ मत परेको हो । राष्ट्रिय सभामा नेपाली कांग्रेसको १६ मत रहेको छ ।

 

दाहाललाई सत्तारुढ दलका शीर्ष नेताले राष्ट्रिय सभा अध्यक्षका लागि गठबन्धनका साझा उम्मेदवार दाहाललाई मतदान गर्न सांसदहरुलाई अपिल गरेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...