प्रधानद्वारा बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी

पाेखरा,चैत ६ गते ।नेपाल पौडी संघका केन्द्रिय सदस्य उमेश प्रधान चैत्र ९ र १० गते हुने उद्योग ब्यापारीहरुको छाता संगठन उद्योग वाणिज्य संघ, सिन्धुपाल्चोकको ११ औं अधिवेशनमा बरिष्ठ उपाध्यक्षको उम्मेदवार बनेका छन् ।

पौडीका खेलाडी समेत रहेका प्रधान विगत लामो समयदेखि उद्योग वाणिज्यमा संलग्न रहँदै आएका छन् । बलेफी गाउँपालिका – ८, लामोसाँघुका स्थानिय वासिन्दा प्रधानले नेपाल चिन ब्यापारलाई आफ्नो व्यापारिक क्षेत्र बनाउँदै सिन्धुपाल्चोक क्षेत्रलाई कर्मथलोको रुपमा चुनेका छन् । उद्योग व्यवसायीहरुको हक हित र कमी कमजोरीलाई सुधार गर्न आफु सशक्त रुपमा प्रस्तुत हुने प्रधानले बताएका छन् । साना देखि ठुला ब्यवसायीहरु अट्ने उद्योग वाणिज्य संघ बनाउन आफ्नो उम्मेदवारी रहेको प्रधानले बताए ।

 

हाल उनी खेलकुद क्षेत्रमा समेत नेतृत्वदायी भूमिकामा रहेका छन् । नेपाल पौडी संघका केन्द्रिय सदस्य रहेका प्रधान नेपाली काँग्रेस निकट भातृ संस्था नेपाल लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशका सदस्य, युथ स्पोर्टस् क्लब, लामोसाँघु, जिल्ला पौडी संघ, सिन्धुपाल्चोकका अध्यक्ष, अखिल नेपाल फुटबल संघ, अनुशासन समितिका सदस्य समेत रहेका छन् ।

 

युवा ब्यवसायी तथा समाजसेवी प्रधान उद्योग ब्यवसायी विच निकैनै लोकप्रिय ब्यक्तित्वको रुपमा रहेका छन् । ९ औं अधिवेशन मार्फत उद्योग वाणिज्य संघ, सिन्धुपाल्चोकको कार्यसमिति सदस्यमा निर्वाचित प्रधान १० औं अधिवेशनमा कोषाध्यक्ष हुँदै हाल बरिष्ठ उपाध्यक्षको जिम्मेवारी वहन गर्न अग्रसर भएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...