जीवन ज्योति सेवा केन्द्रको तनहुँ शाखा भवन उद्घाटन

तनहुँ,असार। मानवीय सेवा र उद्धारमा समर्पित जीवन ज्योति सेवा केन्द्र, तनहुँ शाखाको भवन उदघाटन, उत्साहित फेलोशिप तथा ह्विलचियर वितरण कार्यक्रम शुक्रबार सम्पन्न भयो।

भानु नगरपालिका वडा नं ५ को बारिफाँटमा निर्मित भवनको उद्घाटन गर्दै नगर प्रमुख आनन्दराज त्रिपाठीले संस्थाले हालसम्म गरेको कार्यको प्रषंसा गरे।

 

संस्थासँग आवद्ध स्थानीय व्यक्ति, पदाधिकारी एवम् शुभचिन्तकको आर्थिक सहयोग र श्रमदानबाट भवन निर्माण भएकोमा खुशी व्यक्त गर्दैै जनताको साथ र सहयोग मिले विकासका कुनै पनि काम असम्भव नहुने उल्लेख गरे। साथै सामाजिक एवम् सिपमूलक कार्यक्रमका लागी प्रस्ताव आएमा सहयोग गर्न आफू सदैव तत्पर रहेको समेत प्रतिवद्धता व्यक्त गरे।

 

जीवन ज्योति सेवा केन्द्रका केन्द्रीय अध्यक्ष सृजना रिजाल कार्कीले शाखाका पदाधिकारी सदस्य लगाएत भवन निर्माणमा प्रत्यक्ष अप्रत्यक्ष रूपले सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरिन्। कार्यक्रममा भानु ५ का वडाध्यक्ष नकुल अधिकारी, निवर्तमान वडाध्यक्ष टाइसन मल्ल लगायत संस्थाका केन्द्र र जिल्लाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

 

भवन निर्माण कार्यमा अमुल्य सहयोग गर्ने सबैलाई प्रषंसा पत्र वितरण गरिएको थियो भने तनहुँ भानु ६ नाबरुङका गणेश अछामी र भानु २ का सन्तबहादुर थापालाई ह्विलचियर हस्तान्तरण गरिएको थियो। तनहुँ शाखा अध्यक्ष बलबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उपाध्यक्ष अकल विरही गुरुङ र स्वागत कार्यक्रम संयोजक एवम् केन्द्रीय सचिव तिलुमाया थापा खवासले गरेका थिए।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...