मदनचन्द्रा साहित्य समाजसेवा पुरस्कार माकाजूलाई

पोखरा ।शुक्ला साहित्य प्रतिष्ठान पोखरा–१६, बाटुलेचौरद्वारा सञ्चालित मदन–चन्द्रा साहित्य समाजसेवा पुरस्कार साहित्यकार तथा समाजसेवी रविन्द्र माकाजूलाई अर्पण गरिने भएको छ । माकाजूका विविध विधाका छ दर्जन बढी कृति प्रकाशित छन् ।२५ हजार राशिसहितको उक्त पुरस्कारबाट यस अगाडि गायिका बाबा राणा सम्मानित भइसकेकी छन् ।


प्रतिष्ठानले नेपाली साहित्य, सामाजिक तथा सांस्कृतिक संस्कार र सभ्यताको संरक्षणमा क्रियाशील रहेर पनि ओझेलमा परेका स्रष्टा साधकलाई पुरस्कार अर्पण गर्दै आएको छ ।समाजसेवी मदनबहादुर खत्री क्षत्रीले धर्मपत्नी चन्दा खत्री क्षत्रीको स्मृतिमा स्थापित एकलाख ५५ हजार रुपैयाँको अक्षयकोषबाट आर्जित रकमबाट प्रतिभालाई पुरस्कृत गरिँदै आएको संस्थाका अध्यक्ष हरिबहादुर बरुवालले जानकारी दिए ।

 

अक्षयकोषका संरक्षक मदनबहादुर खत्री क्षत्रीले समयको कालक्रम अनुसार पुरस्कारको राशि सानो भए तापनि कोषको आकार वृद्धि हुँदै जाँदा राशि पनि वृद्धि हुने बताए ।यसैगरी, संस्थाद्वारा सञ्चालित शुक्ला बालगौरव पुरस्कार पोखरा–२७, रिठ्ठेपानीकी एञ्जल अधिकारीलाई प्रदान गरिने संस्थाले जनाएको छ । उक्त पुरस्कारको राशि ११ हजार रुपैयाँ रहेको छ ।

 

त्रिवेणी पब्लिक माध्यमिक विद्यालय लेखनाथ, कक्षा–९ मा अध्ययनरत छात्रा खेलकुदतर्फ एथलेटिक्स विधामा क्रियाशील छन् । अधिकारी यस अघि विभिन्न पुरस्कार हात पार्न सफल भएकी छन् ।प्रतिष्ठानले २०६८ सालदेखि एकलाख रुपैयाँको शुल्ला साहित्य बाल गौरव सम्मान कोष स्थापना गरी बालविकास, बालसाहित्य, बालोत्थान तथा तीक्ष्ण प्रतिभाशाली बालबालिकाको प्रोत्साहनमा प्रत्येक दुई–दुई वर्षमा पुरस्कार अर्पण गर्दै आएको छ ।
प्रतिष्ठानले २११ औं भानु जयन्तीको अवसरमा बृहत् कार्यक्रम आयोजना गरी यही असार २९ गते दुवै प्रतिभालाई पुरस्कृत गर्ने भएको छ ।

 

सोही समारोहबीच साहित्यकार डा गेहेन्द्रमान उदासको तीन पूर्णाङ्कीय बालनाटक र रविन्द्र माकाजूको पोखरामा बाघजात्रा पुस्तक लोकार्पणसमेत गर्ने प्रतिष्ठानका सचिव दीपेन्द्र बानियाँले जानकारी दिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...