मजेष्टिक लेक फ्रण्ट होटलले मनायाे प्रथम वार्षिकोत्सव

पोखरा, साउन ८ गते ।पोखराको लेकसाईडमा रहेको मजेष्टिक लेक फ्रण्ट होटल एण्ड सुईट्स प्रालिले प्रथम वार्षिकोत्सव मनाएको छ । अघिल्लो वर्षदेखि सञ्चालनमा आएको पोखरा–६ लेकसाईडको खहरेस्थित फेवाताल किनारमा रहेको मजेष्टिक लेक फ्रण्ट होटलले आफ्नो प्रथम वार्षिकोत्सव फेवाताल सरसफाई, कर्मचारी पुरस्कृतलगायतका कार्यक्रम गरेर मनाएको हो ।

होटलको वार्षिकोत्सवको अवसरमा फेवाताल सरसफाई गरिएको होटलका सञ्चालक सुनिलबहादुर भट्टराईले जानकारी दिए । ‘तालमा रहेको जलकुम्भी झार, प्लाष्टिक, बोतललगायत बाहिर निकाल्यौं र संकलन गरेर डिस्पोज गर्नका लागि पठायौं’–उनले भने । ताल सरसफाईमा होटल सञ्चालक भट्टराई, उनको परिवारसँगै ६० जना कर्मचारीहरु सहभागि भएको उनले बताए ।

 

ताल सरसफाईपश्चात कर्मचारीलाई सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रम गरेर वार्षिकोत्सव मनाइएको सञ्चालक भट्टराईले बताए । होटलले हेड अफ डिपार्टमेन्ट अफ दी ईयरबाट सेफ राजेश सुनुवार, ईम्प्लोयी अफ दी ईयरबाट रेशम थापा, ईम्प्लोयी अफ दी मन्थबाट शुक्रकुमारी आले र राइजिङ ईम्प्लोयी अफ दी ईयरबाट कृष्ण पौडेल पुरस्कृत भएको उनले जानकारी दिए ।

 

फेवाताल किनारमा करीब ७ रोपनी क्षेत्रफलमा सञ्चालित यो होटल अघिल्लो वर्षदेखि सञ्चालनमा आएको हो । होटलबाट फेवाताल, माछापुच्छ«े र अन्नपूर्ण हिमश्रृंखलाको दृश्यावलोकनसँगै मेथलाङ डाँडासमेत नजिकबाट नियाल्न सकिन्छ । त्यसैले त यो होटल एक वर्षपनि नपुग्दै ट्रिप एडभाईजरमा पोखराको उत्कृष्ट ५ मा पर्न सफल भइसकेको छ । होटलमा ३ वटा स्वीट रुमसहित डिलक्स, सुपर डिलक्स गरेर ३८ वटा कोठाहरु रहेका छन् ।

 

त्यसबाहेक एक जना अट्नसक्ने कन्फिरेन्स हल, स्पा, साउना स्ट्रिम, मसाजलगायतका सुविधाहरुपनि रहेको सञ्चालक भट्टराईले बताए । होटल परिसरमै २ सय बढी अटाउने रेष्टुरेण्ट छ भने त्यहाँ हरेक दिन एकोष्टिक लाइभ हुने गरको छ । जसको मज्जा पर्यटकले लिन पाउने उनले बताए । रेष्टुरेण्टमा कन्टिनेन्टल, नेपाली, भारतीय खानालगायतका परिकारको स्वाद लिन सकिने भट्टराईले बताए । होटलमा आएका पाहुनालाई सहज होस् भनेर खुल्ला क्षेत्रफल भएको पार्किङपनि रहेको उनको भनाई छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...