पोखरा, १५ साउन । कस्केली अधिकृत समाजले आफ्नो स्मारिका ‘अधिकृत आवाज’ प्रकाशन गर्ने भएको छ ।समाजको कार्यसमिति बैठकले स्मारिका प्रकाशनका लागि सम्पादक मण्डल र प्रकाशन तथा व्यवस्थापन समिति गठन गरेको सचिव महेश पौडेलले जानकारी दिनुुभयो ।
उहाँका अनुसार सम्पादक मण्डलको संयोजकमा दुुर्गाबहादुुर शाह(बाबा) रहनुुभएको छ भने सदस्यहरूमा देवेन्द्र केसी, ऋषिराम लामिछाने, चन्द्रबहादुर सुुवेदी, लोकनाथ दवाडी र वसन्त चालिसे रहनुुभएको छ । त्यस्तै प्रकाशन तथा व्यवस्थापन समितिको संयोजकमा महेश पौडेल रहनुुभएको छ । उक्त समितिको सदस्यहरूमा विष्णुु पोखरेल, अनिलकुुमार शाही, वासुदेव पौडेल, चन्द्रवती वाग्ले, सुुमित्रा मल्ल उदास र सन्तोष ढुुङ्गाना रहनुुभएको छ ।
बैठकले समाजको आयोजनामा गरिएको डहरे देउराली तथा अन्धाअन्धी दहको धार्मिक पर्यटन प्रवद्र्धन कार्यक्रम एवम् क्यालेन्डर प्रकाशनको समिक्षा गर्दै त्यस सम्बन्धमा गठित उपसमितिहरूले खेलेको भूमिकाको प्रशंसा गरेको छ । लेखापरीक्षक नियुक्ति एवम् संस्था नविकरण लगायतमा निर्णय गरिएको उहाँले जानकारी दिनुुभयो । समाजका सदस्य चन्द्रवती वाग्लेले यस वर्षको तीजका लागि तीनवटा तीजका गीत ल्याउनुुभएको भन्दै बैठकले उहाँलाई बधाई तथा शुुभकामना व्यक्त गरेको छ ।
समाजका अध्यक्ष चन्द्रबहादुर सुुवेदीको अध्यक्षता एवम् सचिव महेश पौडेलले् सञ्चालन गर्नुुभएको बैठकमा सल्लाहकारहरू दुुर्गाबहादुर शाह (बाबा), देवेन्द्र केसी, विश्वनाथ पराजुुली, ऋषिराम लामिछाने, विष्णुु बराल, शिवहरि शर्माका साथै कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले आ आफ्ना भनाइ राख्नुुभएको थियो ।