खेलकुद महासंघ कास्कीले तीज गीत र डोरीतान प्रतियोगिता गर्ने

पोखरा, साउन २९ गते । नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा नेपाल खेलकुद महासंघ कास्कीले तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । विशेष कार्यक्रम अन्र्तगत तेश्रो खुुल्ला महिला डोरीतान एवं तीज गीत प्रतियोगिता–२०८१ आयोजना गर्ने भएको हो ।

भदौ १४ गते पोखराको नयाँ बजारमा रहेको तमुधी नेपालको कार्यालयमा प्रतियोगिता आयोजना गर्न लागिएको नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव विष्णु पुनले जानकारी दिए ।

 

तीज गीत प्रतियोगितामा प्रथमले १५ हजार, द्धितियले १० हजार, तृतीयले ७ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।प्रतियोगितामा सहभागीताका लागि भदौ १३ गतेसम्म टिम दर्ता गर्नुपर्ने र दर्ता वापत ५ सय रुपैयाँ शुल्क लाग्ने महासंघले जनाएको छ ।

 

त्यस्तै तेश्रो खुल्ला महिला डोरीतान प्रतियोगिता समेत आयोजना गर्ने भएको छ । तीजकै अवसरमा भदौ १४ गते नै प्रतियोगिता आयोजना हुने खेलकुद महासंघले जनाएको छ । प्रतियोगितामा प्रथमले नगद ११ हजार १ सय ११,, दोश्रोले ७ हजार ७ सय ७७ र तृतीयले नगद ५ हजार ५सय ५५ रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा सहभागीलाई दर्ता वापत ५ सय रुपैयाँ शुल्क राखिएको र भदौ १३ गतेसम्म दर्ता गर्न पाइने महासंघले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...