फोटोग्राफर महिलाको तिज बालआश्रममा

पोखरा /पोखरा फोटोग्राफर संघ संग आवद्ध महिला फोटोग्राफरहरुले पोखरा रानिपौवामा रहेको सत्यशाई बालआश्रममा खाद्यान्न समाग्री हस्तान्तरण गरी तिज मनाएको छ ।बिभिन्न समयमा हुने कार्यक्रममा धेरथोर पैसा जम्मा गरेको रकम लाई सदुपयोग गर्दै पोखरा फोटोग्राफर संघ, महिला उपसमितिले हरितालिका तीज पर्वको अवसरमा दर खाने पैशाले सत्यशाई बालआश्रम रानीपौवाका आश्रीत बालकहरुलाई खाधान्न सामाग्री हस्तान्तरण गरेको हो ।


तडकभडक रहित तिज र सबैका लागी तिज भन्ने उद्येश्यले हरेक बर्ष तिजको उपलक्ष्यमा सहयोग कार्य निरन्तर रहेको महिला उप समितिका संयोजक रिता पौडेल ले बताईन । अनाथ तथा असाहायहरुलाई सहयोग गर्नैका लागी २०६९ सालमा तत्कालिन अध्यक्ष दुर्गाप्रसाद पौडेलको रोहबरमा महिला उपसमितिले संचालन गर्ने गरि सहयोग पेटिका कोष नै स्थापना गरेको कुरा कोषाध्यक्ष नन्दकला पौडेल ले बताईन ।महिलाहरुलाई पनि फोटोग्राफीमा तथा सामाजिक कार्यमा सक्रिय बनाउदै २०६७ साल देखी पोखरा फोटोग्राफर संघले महिला उप समिति गठन गरी बिभिन्न कार्यहरु गर्दै आएको कुरा संस्थापक सयोजक तिर्थ श्रेष्ठले बताईन।

 

आश्रममा देशभरका बिभिन्न जिल्लाका १० जना अनाथ बालकहरु आश्रीत छन । बुधबार एक कार्यक्रमका बिच बाल आश्रमका बालकहरुलाई सो खाधान्न सामाग्रीहरु ह्स्तान्तरण गरियो ।साथै बालआश्रमकी अध्यक्ष बकावली शाक्य रंजितले इश्वरको कृपाले आज सम्म बाल बालिकालाई सहयोग माग्नु नपरेको बताउदै सहयोगदाताहरुले नै स्वतः स्फुर्त रुपमा दिदै आउनुभएको सहयोग बाट आश्रमको गुजरा चलिरहेको बताईन ।

 

कार्यक्रममा महिला उपसमितिका पुर्व संयोजकहरु तिर्थ श्रेष्ठ, पुर्ण कुमारी थापा, शान्ति सुवेदी साथै संस्थाका संरक्षक गणेश छबि पूर्व अध्यक्ष घनश्याम पौडेल ,तुलसी राम सुवेदी उपाध्यक्ष भक्त तामाङ कोषाध्यक्ष नन्दकला पौडेल लगायतको उपस्थिती रहेको थियो ।संस्थाका अध्यक्ष रामचन्द्र पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सचिव देवानन्द पोखरेलले संचालन गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...