१२औं क्यान इन्फोटेक २०२५: दोस्रो दिन उत्साहपूर्ण, नयाँ प्रविधिप्रति दर्शकहरूको आकर्षण

पोखराको प्रदर्शनी केन्द्रमा जारी १२औं क्यान इन्फोटेक २०२५ को दोस्रो दिनमा पनि उत्साहजनक उपस्थिति देखियो। राष्ट्रिय औद्योगिक व्यापार मेलाको एक हिस्सा भएको यस संस्करणले  दोस्रो दिन पनि दर्शकहरूलाई नवीनतम प्रविधिहरूसँग  जोड्ने एक प्रमुख माध्यम बनेकाे छ।

दोस्रो दिनको सुरुवातमै विभिन्न विद्यालयका विद्यार्थी, व्यवसायी, र प्रविधिप्रेमीहरूको बाक्लो उपस्थिति देख्न पाइयो। आगन्तुकहरूले सूचना तथा सञ्चार प्रविधिमा भएको नयाँ विकास र यसका उपयोगिताबारे जानकारी लिँदै प्रदर्शनीमा अवलोकन गरे। धेरैले क्यान इन्फोटेकलाई नयाँ प्रविधिको बारेमा जानकारी लिन र आफ्नो व्यवसायका लागि उपयुक्त समाधान खोज्न सहयोगी भएको बताए।

यस प्रदर्शनीको मुख्य आकर्षण MSI RTX 5080 ग्राफिक्स कार्ड रह्यो। यो ग्राफिक्स कार्ड, जसलाई CES 2025 मा जनवरी ७ मा लस भेगासमा सार्वजनिक गरिएको थियो, नेपालमा पहिलोपटक क्यान इन्फोटेकमा कोस्मिक कम्प्युटर्सले  सार्वजनिक गरेकाे छ। MSI RTX 5080 को विशेषताबारे प्राविधिक जानकारी लिँदै आगन्तुकहरूले यसको प्रदर्शनलाई रुचि र चासोका साथ नियालिरहेका थिए।  प्रदर्शनीमा सहभागी स्टलहरूले नयाँ नयाँ प्रविधिहरूको प्राविधिक डेमो प्रस्तुत गर्ने गरेका छन। यस अवसरमा, क्यान इन्फोटेककाे टाइटल स्पोन्सर UNV ले अत्याधुनिक डिजिटल सुरक्षा समाधानहरू प्रस्तुत गरेकाे छ जसमा OWL View IP क्यामेरा सर्वाधिक रूचाइएकाे छ, जसले रातिमा पनि उत्कृष्ट दृश्य प्रदान गर्न सक्छ साथै घर, कार्यालय, र उद्योगका लागि आवश्यक सीसीटीभी, IP क्यामेरा, स्मार्ट बोर्ड, र थर्मल क्यामेराजस्ता उत्पादनहरूको पनी प्रदर्शनी गरीएकाे छ।

विशेष आकर्षण भनेको आगन्तुकहरूले विभिन्न स्टलहरूबाट उत्पादनहरूको जानकारीमात्र होइन, भविष्यका लागि आवश्यक प्राविधिक समाधानबारे परामर्श लिने तथा व्यवसायीहरूले आफ्ना स्टार्टअपहरूका लागि उपयुक्त उपकरण र प्रविधिको बारेमा जानकारी पनि लिने र यसले व्यवसायीहरूलाई पनि बजार विस्तारको योजना बनाउन थप सजिलो बनाएको क्यान कास्कीका सचिव दामेदर डुम्रेले बताउनुभयाे

क्यान महासंघ कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले प्रदर्शनीको दोस्रो दिनलाई सफलताको अर्को खुड्किलो भएको बताए। उहाँका अनुसार, “प्रदर्शनीले युवा पुस्तालाई प्रविधिमा झन् आकर्षित गरेको छ। यो प्रदर्शनी व्यवसायीहरू र प्रविधिप्रेमीहरूको लागि नयाँ अनुभव र सम्भावनाहरूको खानी बनेको छ।”

क्यान कास्कीका अनुसार मेलामा सहभागीहरूलाइ प्रदर्शनी प्रविधिमा चासो राख्नेहरूको लागि प्रेरणादायी थलोको रूपमा चित्रित गरेकाे र यसले उनीहरूलाई नवीनतम प्रविधिहरूको अनुभव गराउने मात्र नभई भविष्यमा उपयोगी हुन सक्ने ज्ञानको खोज गर्न पनि प्रेरित गर्ने बताइएकाे छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...