आर्मीलाई हराउदैँ चर्च ब्वाइज आहारारा गोल्ड कपको सेमिफाइनलमा

पोखरा, माघ २८ गते । चर्च ब्वाइज क्लब पोखरा रंगशालामा जारी २४ औँ संस्करणको आहारारा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोलको कठिन जित निकाल्दै सेमिफाइनलको यात्रा पक्का गरेको हो । चर्च ब्वाइजको जितमा राज भुषाल नायक बन्नुभयो ।

उहाँले खेलको ८९ औँ मिनेटमा गरेको गोल नै निर्णायक बनेपछि चर्चको सेमिफाइनलको बाटो खुल्दा आर्मी प्रतियोगताबाट विट् मार्दै घर फर्किन बाध्य भयो । नवीन लामाले प्रहार गरेको कर्नर किकबाट आएको बललाई राजले हेडरमार्फत जालीको सम्पर्कमा पुग्यो तर विपक्षी गोलरक्षकले पत्तै पाउनु भएन् । त्यो नै खेलको निर्णायक गोल बन्यो । चर्च ब्वाइजले फाइनल प्रवेशका लागि पहिलो सेमिफाइनल माघ ३० गते अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग खेल्ने छ ।

 

चर्च ब्वाइजले पहिलो खेलमा एनआरटीलाई सडनडेथमा पराजित गरेको थियो भने आर्मी बाई पाएर सिधै क्वाटरफाइनल खेलेको हो । चर्च ब्वाइजका प्रशिक्षक चेतनारायण श्रेष्ठले दुवै टिमको खेल राम्रो थियो तर पोष्ट चार्ज चाहि कमै भयो उहाँले भन्नुभयो, विभागीय टिमको स्पीड, टेक्निकल दुवै राम्रो थियो । तर हाम्रो कमिनीकेशन मिल्नसकेन त्यही कमजोरी भयो ।आर्मीका प्रशिक्षक मेघराज केसीले हार्दा पनि निराश हुनुपर्ने अवस्था छैन् । उहाँले आफना खेलाडीले अवसरलाई सदुपयोग गर्न नसकेपनि ९० मिनेटको खेललाई हर्दा राम्रो खेलेकोमा सन्तुष्ट छु भन्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...