आहा रारा गाेल्ड कपकाे फाइनल आज

एकराज गिरी/पोखरा, फागुन ३ गते । आहा रारा गोल्ड फुटबलको उपाधिकाे छिनाेफानाे आज शनिबार हुदै छ ।उपाधिका लागि नेपाल पुलिस क्लब र विदेशी टिम उज्वेकिस्तानकाे ब्ल्याक बुल्स एफसी क्लबले प्रतिस्पर्धा गदैछन् ।

पहिलाे पटक उपाधि भिडन्तमा पुगेको बुल्स ले इतिहास रच्ने धुनमा छ । भने आहामाा साताैं पटक उपाधि जित्दै विगतको विरासत थाम्न तल्लीन हुने छ पुलिस । पोखरेली मैदानमा यी दुई टिमको भेट पहिलो हाे । छैठौ पटककाे विजेता पुलिसलाई घरेलु मैदानमा पराजित गर्दै नयाँ च्याम्पियन बन्ने लक्ष्य सहति ब्ल्याक बुल्स मैदान प्रबेश गर्नेछ ।पाेखरेली मैदानमा सफल भाग्यमानी पुलिसले पछिल्लो समय आफ्नो विरात कायम राख्न सकेकाे छैन ।त्यसैले पुलिसले यश पटक उपाधि जित्दै गुमेकाे साखलाई बचाउने अवसर प्राप्त गरेकाे छ ।

 

पुलिसले पाेखराकाे मैदानमा क्याराभानसहित ६ पटक उपाधि जितेको छ। ४पटक उपविजेता बनेको छ। पुलिसले लगातार तीन संस्करण जितेर ह्याट्रिकको इीतहास समेत रचेको छ। पुलिसले २०५८, ०५९, ०६४, ०६५, ०६६ र ०७४ मा उपाधि जितेको हो। पाेखराकाे मैदानमा सफल र भाग्यमानी टिम पुलिस लाई नेपाली फुटबलकाे बुढाे बाघ समेत भन्ने गरिन्थ्यो तर २०७६ पछि आहा रारामा पहिलाे पटक उपाधि नजिक पुगेकाे हाे ।

 

शनिबार फाइनल खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । विदेशी टिमका अघिल्ला दुई खेल हेर्दा सशक्त देखिन्छ । पुलिसलाई उपाधि जित्नका लागि त्यति सहज हुने छैन ।ब्ल्याक बुल्स एफसीले पहिलो खेलमा भारतको सिक्किमे टोली थण्डरबोल्ट नर्थ युनाईटेडलाई ३–० गोल र आहा राराकाे पाचौं पटककाे विजेता थ्री स्टार क्लबलाई ४-० काे फराकिलो जित निकाल्दै फाइनलमा पुगेकाे हाे ।

पहिलाे पुलिसले उद्घाटन खेलमै आयोजक सहारा क्लबलाई १-० ले पराजित गरेको थियो, क्वाटरफाइनलमा पुलिसले ब्वाइजलाई २-० र सेमिफाइनलमा लिग च्याम्पियन चर्च ब्याइज क्लबलाई १–० गाेलले पराजित गर्दै फाइनल पुगेकाे हाे ।

विजेता टिमले १२ लाख १ हजार र उपविजेताले ६ लाख, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

 

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...