पोखरा, फागुन ७ गते । कास्कीको रुपा गाउँपालिकाले स्थापना दिवसको अवसरमा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । यही फागुन २४ देखि २७ गतेसम्म स्थापना दिवसको अवसरमा प्रतियोगता गर्न लागेको रुपा गाँउपालिकाका अध्यक्ष नवराज ओझाले आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।स्थापना दिवसको अवसरमा २०७५ सालदेखि निरन्तर गर्दै आएको अध्यक्ष कप भलिबललाई यस वर्ष पालिकाको वडास्तरीय बनाइएको अध्यक्ष ओझाले बताउनुभयो ।

पुरुष भलिबलमा प्रथम हुनेलाई ७७ हजार ७ सय ७७, द्वितीयलाई ५५ हजार पाँच सय ५५ र तृतीयलाई ३३ हजार तीन सय ३३ रुपियाँ पुरस्कार व्यवस्था गरिएको छ । प्रतियोगितामा बेस्ट प्लेयरलाई नगद पाँच हजार, बेस्ट सेटरलाई दुई हजार र बेस्ट स्पाइकरलाई दुई हजार नग, टफि र प्रमाणपत्र प्रदान गरिनेछ ।कार्यक्रमलाई व्यवस्थित बनाउन गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङको संयोजकत्वमा मूलसमिति र अन्य विभिन्न चार वटा समिति गठन गरेर तयारी सुरु गरिएको पालिका अध्यक्ष ओझाले जानकारी दिनुभयो ।